ट्रेंडिंग:

>> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै

मिडियाले सकारात्मक भूमिका खेलेमा काम गर्न सहजः मन्त्री शर्मा

१ जेष्ठ २०८०, सोमबार
१ जेष्ठ २०८०, सोमबार

दाङ, १ जेठ ।

सूचना तथा संचार प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मिडियाले सकारात्मक रुपमा खबरदारी गरेमा सरकारलाई काम गर्न सहयोग पुुग्ने बताएकी छन् । दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्ज घोराहीको १७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले देशको विकास र सुशासनका लागि सबैको सकारात्मक साथ सहयोगको अपेक्षा सरकारले खोजेको बताएकी हुन् ।

रेडियो सुन्ने र रेडियोको समाचारमा भर पर्नेको संख्या धेरै रहेको उल्लेख गर्दै यसको सबलीकरणमा राज्यको ध्यान दिने उनले विश्वास दिलाइन् ।

अहिले देखा परेका समस्याका बारेमा सरोकार सबैबीच छलफल गरी भरपर्दो, बलियोे र विश्वसनीय बनाउन केही गर्न सकिने हुँदा देशमा थिति बसाल्न, सुशासन कायम गर्न सरकारले चालेको कदममा पाएको साथ र समर्थनमा अझ बलियो समर्थन दिन अपिल गरिन् । कार्यक्रममा उनले दाङबाट देशको विभिन्न नेतृत्वमा रहनेको संख्या भएकाले कार्यगत एकता गरी अघि बढ्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले मिडियामा देखा परेको समस्याका बारेमा अब वृहत समिक्षा आवश्यक भएको बताए । संचारको चरम उत्कर्ष विकासमा प्रवेश गरेको बेलामा मिडिया सबलीकरणमा लाग्न उनले सुुझाव दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नागरिकको मिडियामा सहज पहुँच बनाउन सत्यतथ्य र बस्तुनिष्ठ रुपमा अघि बढ्न सक्नुपर्ने बताए ।

‘रेडियोले हिजोका दिनबाट खेलेको भुमिकाले आम नागरिकमा सकारात्मक प्रभाव परेको छ । शान्ति प्रकृया, महाभूकम्प, प्रलय, बाढी पहिरो, विपदजन्य घटनाहरुमा पनि रेडियोले सहज रुपमा सकारात्मक सूचना सम्प्रेषण गरेको छ’, उनले भने, ‘मिडियाले बलियो खबरदारी गरेका कारण पछिल्लो समय भ्रष्टाचारलगायत विषयले प्राथमिकता पाएका छन् । सरकारले बेथितीका बारेमा कारवाही अघि बढाउन सकेको छ । संचार माध्यमको सामाजिक आवश्यकताका रुपमा कालान्तरसम्म रहिरहनेछ ।’

उनले पछिल्लो समय मिडियालाई केवल कर उठाउने क्षेत्रका रुपमा लिएको गुनासो पोख्दै यो राज्यको सहयोगी निकाय हो भन्ने बुझ्न आवश्यक रहेको उल्लेख गरे ।

प्रेस काउन्सिल सदस्य शरद अधिकारीले असहज परिस्थितिमा सबै निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । विद्यमान अवस्थामा धेरै क्षेत्रले असहज वातावरण भोग्न बाध्य भएको हुँदा सरकारले देखा परेका समस्या समाधानमा गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने बताए ।

सामुदायिक रेडियो प्रशारक संघ अकोरावका अध्यक्ष अर्जुन गिरीले पछिल्लो समयमा अन्योलग्रस्त अवस्थामा स्वतन्त्र रेडियोको यात्रा कठिनपूर्ण रहेको बेला रेडियो मध्यपश्चिमले पाएको उचाइँ आफैमा अनुकरणीय रहेको बताए । उनका अनुसार सेयरकाष्ठले गरेको सर्वेक्षणमा ४२ दशमलव २ प्रतिशत श्रोताले रेडियो सुन्ने गरेकोमा समाचारको विश्वसनीयताका लागि पनि रेडियो सुन्ने श्रोताको संख्या निकै उच्च रहेको छ । यस्तै, ७१ प्रशितले मोबाईलबाट सुन्ने गरेको, रेडियो सेटबाट ३४ प्रतिशत श्रोताले अझै पनि रेडियो सुन्ने गरेको तथा लुम्बिनी प्रदेशमा मात्रै ७० प्रतिशत श्रोताले रेडियो सुन्ने गरेको तथ्यांक छ । नेपालका रेडियोलाई डिजिटल युुगमा लैजान अब भुमिका खेल्नुपर्ने बेला आएको उनको भनाई छ ।

सामुदायिक रेडियाले देश रुपान्तरणका लागि खेलेको भुमिकाले अहिलेको प्राप्ति सम्भव भएको हुँदा खोलो तर्यो लौरो बिस्र्यौ भने जस्तै व्यवहार राज्यले गर्न नहुनेमा जोड दिए ।

कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा माओवादी केन्द्र दाङका अध्यक्ष तुलसीराम पुन, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, कार्यक्रममा महिला अधिकारकर्मी लक्ष्मी आचार्य, नागरिक समाज दाङका संयोजक केबी मसाल, राप्ती साहित्य परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटालगायतले शुुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच, रेडियोको स्थापना दिवसको अवसरमा रेडियोमा कार्यरत कर्मचारी र विज्ञापनदातालाई पनि पुरस्कृत गरिएको छ । उत्कृष्ट विज्ञापनदाताका रुपमा शिव मेडिकल हलका मोती खड्का, रेडियोका प्राविधिक सालिकराम चौधरी तथा उत्कृष्ट कार्य संचालक रुपकराज भण्डारीलाई नगदसहित प्रमाण पत्रले सम्मान गरिएको हो ।

संस्थाका अध्यक्ष मधुसुदन वैद्यको अध्यक्षतामा कार्यक्रम भएको थियो । २०६४ साल जेठ १ गतेबाट औपचारिक प्रशारण थालनी गरेको रेडियोले १७ घण्टा दैनिक रुपमा आफ्ना सामग्री प्रशारण गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, साहित्य, मनोरन्जन, सूचना, प्रविधि, समाचारलगायतका विषय बस्तुलाई मुलभूत रुपमा रेडियोले उठान गर्दै आएको छ

घोराही–तुलसीपुर सडकको ठेक्का तोडियो, नयाँ प्रकृयाको थालनी

यसैगरी संचारमन्त्रीले दाङको निकै समस्याको रुपमा रहेको चारलेन सडक ठेक्का प्रकृया नयाँ रुपमा अघि बढेको बताइन् । उनले घोराही तुलसीपुर सडकको ठेक्का तोडिएको बताइन् । ‘अब नयाँ प्रकृयामा अघि बढेको छ । यसबीचमा सडक मर्मत गरेर काम अघि बढाउने हुनेछ’ उनले भनिन्,‘यो बाटो अब छिटै अर्को प्रकृयामा जान्छ । यसले रोड फ्रि भएको छ । यसले मर्मत गर्ने वातावरण बनेको छ । यस्तै विमान स्थलका बारेमा टरीगाउँ विमानस्थल स्तर वृद्धि गर्ने र नारायणपुर विमान स्थलको प्रकृयाका बारेमा पहल भईरहेको छ ।’
यसैगरी, घोराही–मुर्कुटी सडक, घोराहीका भित्री सडक, महत्वपूर्ण खोलामा तटबन्त्र, हाईड्याम, सिचाइँ, विमान स्थल सहज संचालन, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम संचालनका विषयले प्राथमिकता पाएको बताइन् ।
।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?