ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

चार दशकमा कांग्रेसका ९ गृहमन्त्री, चार जनामाथि भ्रष्टाचार मुद्दा

३१ बैशाख २०८०, आइतबार
३१ बैशाख २०८०, आइतबार

काठमाडौँ ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि बहुदलीय व्यवस्था आएयता मुलुकले २५ जना गृहमन्त्री पाएको छ। जसमध्ये नेपाली कांग्रेसका तर्फबाट मात्रै नौ जना नेताले गृह मन्त्रालय सम्हालिसकेका छन्। गृह मन्त्रालय सम्हाल्दाको दल विलय गराएर कांग्रेसमा प्रवेश गरेका नेतासमेत गरी कांग्रेसका १० नेताले गृह मन्त्रालयको ‘कमान्ड’ गरिसकेका छन्।

तर, हालसम्म कांग्रेसका चार जना पूर्वगृहमन्त्री भने अपराध अनुसन्धानमा तानिएका छन्।

पञ्चायती व्यवस्था ढलेपछि गठित पहिलो सरकारका गृहमन्त्री योगप्रसाद उपाध्यायदेखि वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठसम्म आइपुग्दा कांग्रेसका मात्रै ३ जना पूर्वगृहमन्त्री प्रहरी हिरासतमा पुगेका छन्।

त्यसरी हिरासतमा पुग्ने पूर्वगृहमन्त्रीहरुमा खुमबहादुर खड्का, गोविन्दराज जोशी र बालकृष्ण खाँण छन्।

अर्का पूर्वगृहमन्त्री विजयकुमार गच्छदारले भने प्रहरी हिरासतमा जानबाट आफूलाई जोगाएर एकैपटक अदालतमा उपस्थित भएर धरौटी रकम बुझाएका थिए।

खड्का र जोशीले उनीहरुमाथिको भ्रष्टाचारको आरोप अदालतबाट प्रमाणित भएर कैदसमेत भुक्तान गर्नु परेको थियो। पदको दुरुपयोग गरेर गैरकानुनी रूपमा अकूत सम्पत्ति आर्जन गरेको आरोप प्रमाणित भएपछि खड्का कैदी बन्न पुगेका थिए।

उनले दुई पटक गृह मन्त्रालयको ‘कमान्ड’ सम्हाल्ने अवसर पाएका थिए। पहिलो पटक २०५२ असोज ५ देखि २०५३ फागुन २८ सम्म गृहमन्त्री बनेका खड्का २०५४ मंसिर १८ देखि २०५५ वैशाख ७ सम्म पनि गृहमन्त्री थिए।

यस्तै जोशीविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको र सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्दा परेको थियो। उनी २०५५ वैशाख ८ देखि २०५६ असार १५ गतेसम्म गृहमन्त्री बनेका थिए।

गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका गच्छदारलाई अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ।

लामो समय फरार रहेका उनी कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सोझै विशेष अदालतमा हाजिर हुन पुगेका थिए। गच्छदार २०६८ भदौ १२ देखि २०६९ फागुन ३० सम्म गृहमन्त्री थिए।

गृहमन्त्री हुँदा उनी नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष थिए। गच्छदारले २०७४ को प्रतिनिधिसभा निर्वाचनअघि तत्कालीन लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएका थिए।

कांग्रेसका तर्फबाट गृह मन्त्रालय सम्हालिसकेका खाँण पनि अहिले प्रहरी हिरासतमा छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले अदालतबाट ३ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान गरिरहेको छ।

प्रहरीले बुधबार बिहान चाबहिलको मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन म्याद थप गरेर हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले ५ घण्टा लामो बयानपछि खाँणलाई स्वास्थ्य परीक्षणका लागि बुधबार नै तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको थियो। त्यसपछि उनलाई जिल्ला अदालत लगिएको थियो। तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री खाँणकै निर्देशनमा आफूले काम गरेको बयान दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

उपराष्ट्रपति कार्यालयमा कार्यरत रहेका सचिव पाण्डेलाई प्रहरीले वैशाख २० गते काठमाडौंकै पेप्सीकोलाबाट पक्राउ गरेको थियो। खाँण गृहमन्त्री र पाण्डे गृहसचिव हुँदा कार्यदलको प्रतिवेदन नै हेरफेर गरिएको बताइएको छ।

पञ्चायती व्यवस्था ढलेपछि गठित पहिलो सरकारमा कांग्रेसका तर्फबाट योगप्रसाद उपाध्यक्ष गृहमन्त्री बनेका थिए। २०४६ चैत २४ देखि २०४८ जेठ १४ सम्म उनले गृह मन्त्रालय सम्हालेका थिए।

२०४८ को आम निर्वाचनपछि कांग्रेस नेतृत्वको एकल सरकारमा हालका सभापति शेरबहादुर देउवा गृहमन्त्री बनेका थिए। उनले २०४८ जेठ १५ देखि २०५१ मंसिर १३ सम्म गृह मन्त्रालयको ‘कमान्ड’ सम्हालेका थिए। देउवा अहिलेसम्म ५ पटक प्रधानमन्त्री भइसकेका छन्।

२०५१ को मध्यावधि निर्वाचनपछि नेकपा एमालेको नेतृत्वमा अल्पमतको सरकार गठन भएको थियो। उक्त सरकारमा एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री थिए। उनी २०५१ मंसिर १४ देखि २०५२ असोज ६ सम्म गृहमन्त्री बनेका थिए। ओली पनि २ पटक प्रधानमन्त्री भइसकेका छन्।

ओलीपछि २०५२ असोज ५ मा कांग्रेसका खुमबहादुर खड्काको जिम्मामा गृह मन्त्रालय आएको थियो। २०५३ फागुन २८ सम्म गृहमन्त्री रहेका खड्कापछि एमाले नेता वामदेव गौतमलाई गृहमन्त्री बनाइएको थियो। उनी २०५३ फागुन २९ देखि ०५४ असोज २६ सम्म गृहमन्त्री भएका थिए।

गौतमपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता बुद्धिमान तामाङ गृहमन्त्री बनेका थिए। उनले २०५४ असोज २७ देखि २०५४ मंसिर १७ सम्म मन्त्रालय सम्हाल्ने अवसर पाएका थिए।

तामाङपछि २०५४ मंसिर १८ मा फेरि खड्का दोस्रो पटक गृह मन्त्रालयको जिम्मेवारीमा पुगेका थिए। उनी २०५५ वैशाख ७ सम्म गृहमन्त्री बनेका थिए।

खड्कापछि कांग्रेस नेता जोशी (गोविन्दराज) २०५५ वैशाख ८ मा गृहमन्त्री नियुक्त भएका थिए। उनले २०५६ असार १५ सम्म मन्त्रालय सम्हालेका थिए।

२०७४ को निर्वाचनमा तनहुँ–१ मा हालका राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए। बागी उम्मेदवारी दिएपछि कांग्रेसले जिल्ला कार्यसमिति तनहुँको सिफारिसमा २०७७ साउन १० गते उनीमाथि कारबाही गरेको थियो। त्यसबेला जोशीकै बागीका कारण मत काटिँदा पौडेल नेकपा एमालेका तत्कालीन नेता किसान श्रेष्ठसँग पराजित भएका थिए।

जोशीपछि २०५६ असार १६ देखि २०५६ चैत ७ सम्म गृह मन्त्रालयको जिम्मेवारी कांग्रेस नेता पूर्णबहादुर खड्काले पाएका थिए। कांग्रेस उपसभापतिसमेत रहेका खड्का अहिले पार्टीको नेतृत्व गर्दै उपप्रधान तथा रक्षामन्त्री छन्।

पूर्णबहादुरपछि कांग्रेसका तत्कालीन नेता रामचन्द्र पौडेलले गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। अहिले राष्ट्रपति रहेका पौडेल २०५६ चैत ८ देखि २०५८ साउन १० सम्म गृहमन्त्री थिए।

२०५८ जेठ १९ मा दरबार हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाह राजा भएपछि दलभन्दा बाहिरका व्यक्ति गृहमन्त्री बनाइएका थिए। उनले आफ्नो  शासनकालमा धर्मबहादुर थापा र दानबहादुर शाहीलाई गृहमन्त्री बनाएका थिए।

तत्कालीन राजा ज्ञानेन्द्रको निगाहबाट थापा २०५९ असोज २५ देखि २०६० जेठ १ सम्म र शाही २०६१ वैशाख २० देखि २०६२ मंसिर ३ सम्म गृहमन्त्री बने।  उनीहरु गृह मन्त्रालयको जिम्मेवारीमा रहँदा तत्कालीन माओवादीको सशस्त्र जनयुद्ध चरमोत्कर्षमा पुगेको थियो।

२०६२÷०६३ को दोस्रो जनआन्दोलनपछि गृह मन्त्रालयको जिम्मेवारी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको काँधमा आइपुगेको थियो। उनी २०६३ वैशाख १२ देखि २०६५ भदौ ५ सम्म गृह मन्त्रालयको जिम्मेवारीमा थिए।

२०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचन पछि गठित माओवादी नेतृत्वको सरकारमा एमाले नेता भीम रावल गृहमन्त्री बनेका थिए। उनले २०६६ असार ३ देखि २०६७ माघ २२ सम्म गृहको ‘कमान्ड’ सम्हालेका थिए।

रावलपछि २०६८ भदौ १२ गते गृहमन्त्री भएका माओवादी नेता कृष्णबहादुर महराले २०६८ साउन १५ सम्म मात्रै गृह मन्त्रालय सम्हाल्ने अवसर पाए। महरा पछि सभामुख रहेका बेला जबर्जस्ती करणी उद्योग मुद्दामा १३३ दिन थुनामा बसेर सफाइ पाएपछि छुटे।

उनीपछि २०६८ साउन १६ देखि २०६८ भदौ ३ सम्म माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री बने। त्यसपछि हाल कांग्रेस नेता रहेका गच्छदारले २०६८ भदौ १२ देखि २०६९ फागुन ३० सम्म गृहमन्त्री भएका थिए।

सर्वाेच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारको पालमा माधवप्रसाद घिमिरेलाई गृहमन्त्री बनाइएको थियो। उनले २०६९ चैत ४ देखि २०७० माघ २७ सम्म मन्त्रालय सम्हालेका थिए।

दोस्रो संविधान सभा निर्वाचनपछि २०७२ असोज १ देखि २०७३ साउन २० सम्म माओवादी नेता शक्तिबहादुर बस्नेतको जिम्मा गृह मन्त्रालय गएको थियो। उनीपछि २०७३ साउन २० देखि २०७४ जेठ २४ सम्म कांग्रेस नेता विमलेन्द्र निधि गृहमन्त्री बनेका थिए।

कांग्रेस नेता निधिपछि माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री भएका थिए। शर्माले २०७४ असार १२ देखि २०७४ असोज ३१ सम्म मात्रै गृह मन्त्रालयको जिम्मेवारी पाएका थिए।

उनीपछि गृहमन्त्री बनेका माओवादी कै अर्का नेता रामबहादुर थापा बादलले २०७४ फागुन १४ देखि ०७८ असार २८ सम्म मन्त्रालयको जिम्मेवारी पाएका थिए। नक्कली शरणार्थी प्रकरणमा उनको नाम पनि मुछिएको छ। त्यसपछि गृहमन्त्रीको जिम्मा कांग्रेस नेता बालकृष्ण खाँणलाई आएको थियो। उनले २०७८ असार २९ देखि २०७९ पुस ११ सम्म गृह मन्त्रालय सम्हालेका थिए।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले खाँणपछि गृह सम्हाल्ने अवसर पाए। २०७९ पुस ११ गृहमन्त्री बनेका लामिछानेले नागरिकता मुद्दामा दोषी ठहर भएपछि ३१ दिनमै पदबाट राजीनामा दिनु परेको थियो।

उनले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय आफैसँग राखेका थिए। उनले आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा चैत १७ गते नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?