ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

विद्यार्थीलाई विद्यालय पोशाक

२९ बैशाख २०८०, शुक्रबार
२९ बैशाख २०८०, शुक्रबार

दाङ, २९ वैशाख ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ मा रहेको बाल प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । स्वावलम्बन वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा रहेका ८५ जना बालबालिकाहरुलाई विद्यालय पोशाक हस्तान्तरण गरिएको हो । विद्यालयमा थारु, दलित समुदायका बालबालिकाहरु अध्ययन गर्दछन् ।

सोही विद्यालयमा कक्षा ५ मा अध्ययनरत सर्मिला नेपालीले विद्यालय पोशाक पाएर खुसी भएको बताइन् । ‘घरको आर्थिक अवस्था कमजोर भएका कारण पुरानो पोशाक लगाएर विद्यालय आउने गरेको थिए, अब त फेरीफेरी पोशाक लगाउने छु र नियमित विद्यालय आउँछु’ –उनले भनिन् ।

विद्यालयका प्रधानाध्यापक प्रकाश पाण्डेले विद्यालयमा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने गर्दै आएको बताए । उनले विद्यालय पोशाक अनिवार्य भएपनि विद्यालयले उपलब्ध गराउन नसकेको अवस्थामा पोशाक पाउँदा निकै खुसी लागेको बताए । विद्यार्थीहरुलाई विद्यालयले पुस्तक, कापी निःशुल्क रुपमा उपलब्ध गराए पनि पोशाक भने विद्यालय नै आर्थिक रुपमा सबल नभएकाले उपलब्ध गराउन नसकेको उनले बताए । वित्तीय संस्थाका तुलसीपुर शाखा प्रमुख उमेशकुमार भण्डारीले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा पोशाक वितरण गरिएको बताए । उनले समाजमा महिलाहरुलाई आर्थिकरुपमा सबल बनाउने, नेतृत्वमा पु¥याउनुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए ।

नगर प्रमुख टीकाराम खड्काले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि सूचना प्रविधि सामग्री हस्तान्तरण, प्रशिक्षण, अक्षर सुधार, दरबन्दी व्यवस्थापनमा विशेष ध्यान दिइरहेको अवस्थामा बालबालिकाहरुका लागि पोशाक, झोला, कापी कलम वितरण गरिनु सकारात्मक कार्य भएको बताए । उनले विपन्न समुदायमै विद्यालय पोशाक हस्तान्तरण गर्दा त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने बताए । विद्यालयका बालबालिका पोशाक नभएर विद्यालय नआउने वतावरणको अन्त्य गराएर सहयोग गरेकोमा संस्थालाई धन्यबाद दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव विश्वकर्माको अध्यक्षता कार्यक्रम भएको थियो । कार्यक्रममा वडानम्बर १ का वडाध्यक्ष हुमकान्त सापकोटा, पूर्व वडाध्यक्ष लक्ष्मण भण्डारी, शिक्षाशाखा प्रमुख चक्रबहादुर भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?