ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

सरावलमा भर्नासँगै ‘आमा अभिभावक शिक्षा’

आमा अभिभावक शिक्षा कक्षामा सहभागी हुने अभिभावकहरुले आफ्नै छोरा छोरी माथि गरिने ब्यहार प्रति अनभिज्ञ रहेर धेरै गल्ति गरिरहेको समेत बताउने गरेका छन् ।
२८ बैशाख २०८०, बिहीबार
२८ बैशाख २०८०, बिहीबार

नवलपरासी,२८ बैशाख
जिल्लाको सरावल गाउँपालिकाले विद्यालयमा भर्ना अभियानसँगै आमा अभिभावक शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको छ । बालबालिकासँग सबै भन्दा नजिक रहने आमा अभिभावकलाई नै जागरुक बनाउदै शैक्षिक सुधारका अभियान चलाउन सकिने निष्कर्ष निकाल्दै गाउँपालिकाले सो अभियान सञ्चालन गरेको हो ।

विद्यालयमा बालबालिका भर्ना गरे पनि सामुदायिक विद्यालयका अभिभावकहरु आफ्नै बालबालिकाको आवश्यकता पठन पाठन प्रति निगरानी लगायतका कुरामा ध्यान नदिईने हुदा यस्तो आमा अभिभावक शिक्षा सञ्चालन गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । पहिलो चरणमा अभिभावक मध्ये आमा अभिभावकहरुको छनौट गरि एक दिने कक्षा सञ्चालन गरिएको हो,अध्यक्ष चौधरीले भने,यसले आमाहरु आफ्नो बालबालिका प्रति पठन पाठन तथा शैक्षिक गतिविधिमा निरन्तर सहयोग गर्ने गरि प्रतिवद्धता समेत जनाएका छन् । आमा अभिभावक शिक्षा कक्षा कार्यक्रममा सहभागि हुने अभिभावकहरुले आफ्नै छोरा छोरी माथि गरिने ब्यहार प्रति अनभिज्ञ रहेर धेरै गत्नि गरिरहेको समेत स्वीकार गर्ने गरेको कक्षा सञ्चालन गर्ने प्रशिक्षक रामप्रसाद पाण्डेले बताए ।

यसले अभिभावकहरुमा उत्प्रेरणा बढाएको छ,उनले थपे,बालबालिका विद्यालयमा ६ घण्टा मात्र विताउने गर्छन,तर अभिभावकसँग नै १८ घण्टा हुने हुदा शिक्षक भन्दा कम जिम्मेवारी अभिभावकहरुको हुदैन् । बढि गम्भिरता पुर्वक विद्यार्थी तथा आफ्ना सन्तानको शिक्षा दिक्षामा ध्यान पुर्याउनु पर्ने कुरा तालिम मार्फत आमाहरुलाई सिकाउने कार्य गरिएको छ । उनले अभिभावकहरुमा विभिन्न संस्कार र संस्कृति उल्टो भएको उदाहरण मार्फत पनि चित्रित गर्ने गर्दा अभिभावकमा गम्भिर रुपमा लिइने गरेको सुनाए । घरमा कुनै प्रधानमन्त्री लगायत कुनै उच्च ओहदाका मानिस आउदा गरिने स्वागत सत्कार र ब्यवहार राम्रो हुने गर्छ । तर त्यस्ता उच्च ओहदाका मानिस यदि संगै नदीमा डुब्दा कस्लाई बचाउने भनेर सोध्दा आफ्नो छोराछोरीलाई अभिभावकले बताउने गर्दा अभिभावकलाई किन यस्तो दोहोरो चरित्र देखाएको प्रश्न पछि उनीहरु गम्भिर र भावुक बन्ने गरेको बताए । जुन स्वागत सत्कार र ब्यवहार कुनै उच्च ओहदाका ब्यतिmलाई गरिन्छ,त्यही स्तरकै स्वागत सत्कार ब्यवहार आफ्ना बालबालिकालाई गर्नु पर्ने सिकाई पनि तालिममा सिकाईदै आएको उनको भनाई थियो ।

संसारमा जुन कुरा सबैले हुन सक्दैन भनेर भनिसकेका कुरा आमालाई यदि विश्वास छ,कि मेरो सन्तानले त्यो गर्न सक्छ,ति कुरा आमाहरुको उत्प्रेरणाले गरेर देखाएको थुप्रै उदाहरण मार्फत पनि आमा अभिभावकहरुलाई सिकाईदै आएको प्रशिक्षक पाण्डेले बताए । उनले नेपोलियन बोनापार्टकै उदाहरण पनि आमाहरुलाई सिकाउदै भनेका थिए, कि जुन बेला नेपोलियन सानो थिए र आफ्नो आमासँग उदाउदै गरेको चन्द्रमा मलाई दिनुस भनेर जिद्द गरेका थिए,उनकी आमाले त्यो चन्द्रमा छोराको हातमा कसरी दिईने भन्ने उपाय खोज्दै जादा उनले ऐना लिएर छोराको हातमा थमाईन र चन्द्रमा ऐना मार्फत नेपोलियनको हाथमा पर्यो,त्यो बेला नेपोलियनलाई चन्द्रमाको खगोलिय ज्ञान त थिएन्,तर आमाले चन्द्रमा मेरो हाथमा ल्याईदिन भनेर उत्साही हुदै उफ्रेका थिए । सम्भवतः त्यसैको प्रभावले उनको जिवनमा प्रभाव पार्यो कि संसारका एक साहसी ब्यतिmको रुपमा अहिले पनि चिनिने गरेका छन्,प्रशिक्षक पाण्डेले भने ।

यस्तै आमासँग ज्ञान दिइने हौसला बढाई दिने विधि र प्रकृया जानकारी भयो भन्ने आफ्ना छोराछोरीको भविष्य बनाउन उत्साह बढाउन सक्छिन,नकी तिमी केही गर्न सक्दैनौ भनेर निरुत्साही बनाउने हो । यस्तै उदाहरण दिदै आमाहरुलाई उनीहरुको बालबालिका र विद्यार्थी प्रतिको कर्तब्यनिष्ठालाई बुझाउने गरिएको छ,उनले थपे,यसले जुन जुन विद्यालयमा आमा अभिभावक शिक्षा चलाईएको छ,ति विद्यालयमा धेरै परिवर्तन देखिन थालिएका छन् । बाबु अभिभावकलाई सो अभिभावक शिक्षा सञ्चालन गर्दा बाबुले विर्सन सक्ने भए पनि आमा अभिभावकहरुले ति कुरा लागु गर्ने र अधिकाँस बालबालिका बाबु भन्दा आमासँगै नजिक रहने हुदा पहिलो चरणमा आमा अभिभावकहरुलाई शिक्षा कार्यक्रम चलाइएको उनको भनाई थियो । केही बर्ष पहिला वर्दघाट नगरपालिकाबाट शुरु गरिएको अभिभावक शिक्षा कार्यक्रम जिल्लाकै सुस्तामा यसै बर्ष सञ्चालन भएको थियो । अहिले भर्ना अभियानसँगै सरावल गाउपालिकाले सञ्चालन गर्यो ।

ढिलै भए पनि रामग्राम नगरपालिकाले पनि आमा अभिभावक शिक्षा सञ्चालन गर्ने जनाएको छ । पिस क्लब इन्टरनेसनलको समन्वयमा गाउपालिकाले सो शिक्षा कार्यक्रम सञ्चालन गरेको अध्यक्ष चौधरीले जानकारी गराए । उनका अनुसार गाउपालिकाका १० वटा विद्यालयमा आधारभुत तहमा अध्ययनरत विद्यार्थीका ६ सय ३४ जना आमा अभिभावकलाई सो अभिभावक शिक्षा सञ्चालन गरिएको छ । अगामी बर्षमा पनि यसलाई निरन्तरता दिदै जाने लक्ष्य रहेको छ । केही बर्षमा सबै आमा अभिभावकलाई यस्तो शिक्षा आवश्यक रहेको महशुस भईरहेको बताउदै उनले यस्ता कार्यक्रम नियमित रुपमा सञ्चालनको आवश्यकता महशुस भएको र गर्दै जाने लक्ष्य पनि आफुले लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?