ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
प्रथम बुटवल मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८०

सिद्धार्थनगरलाई मेयर कपको उपाधि

२८ बैशाख २०८०, बिहीबार
२८ बैशाख २०८०, बिहीबार

बुटवल, २८ वैशाख ।

प्रथम बुटवल मेयर कप २०८० टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थनगरले जितेको छ । विहिबार भएको फाईनल खेलमा लुम्बिनी साँस्कृतिक नगरपालिकालाई २ रनले पराजित गर्दै सिद्धार्थनगर नगरपालिका विजयी भएको हो । उपाधिसंगै सिद्धार्थनगरले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेतामा लुम्बिनी भने नगद २५ हजार, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा म्यान अफ द सिरिज सिद्धार्थनगरका विष्णु कठौरिया, बुटवलका विक्रम भुषाल बेष्ट ब्याट्सम्यान, सिद्धार्थनगरका एकलख अहमद बेष्ट बलर घोषित हँुदै पुरस्कृत भए ।

नरेश्वर खेलमैदानमा भएको निक्कै प्रतिष्पर्धात्मक फाईनल खेलमा टस जितेर सिद्धार्थनगरले ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा आठ विकेटको नोक्सानीमा १ सय ५१ रनको लक्ष्य खडा गरेको थियो । उसमा लागि अजय रसाईलीले ५५ बलमा ४६ रन, आरिफ खानले २६ बलमा ४१ रन तथा विष्णु कठौरियाले १८ बलमा २३ रनको योगदान दिएका थिए ।

लुम्बिनीका जावेद अलिले ४ ओभरमा २६ रन खर्चेर ३ तथा प्रदिप जयसवालले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । मध्यम लक्ष्य पछ्याएको लुम्बिनीका ब्याट्सम्यानहरु ६ विकेटको नोक्सानीमा १ सय ४९ रनमा समेटियो । उसका लागि अमर मिश्रले ३० बलमा ४६ रन तथा एजाजुल हकले ३० बलमा २७ रन बाहेक अन्य ब्याट्सम्यानहरु दोहोरो रन बनाउन सकेनन । सिद्धार्थनगरका जितमा विष्णु कठौरियाले ४ ओभरमा २५ रन दिएर ३ तथा रमेश कुर्मीले ३ ओभरमा ६ रन खर्चेर २ विकेट लिएका थिए । खेलमा विष्णु कठौरिया म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, क्रिकेट संघका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, लुम्बिनी प्रदेश क्रिकेट विकास समितिका सचिव सन्जय गुरुङ, बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रशासन शाखा प्रमुख शोभाकर पौडेल, बुटवल उपमहानगरपालिका वडा नं १६ का वडाअध्यक्ष कृष्ण पौडेल, आवास ग्रुपका महेश थैवले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
यसैबीच अन्तर्राष्ट्रिय वन डे क्रिकेटमा एम्पायरिङ डेब्यु गरेका रुपन्देहीका एम्पायर सन्जय गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले रुपन्देहीको खेल विकासमा पालिकाहरुको सहकार्य जरुरी रहेको बताए । खेलकुद पुर्वाधार र प्रतियोगितामा बुटवलबाट ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको भन्दै उनले खेलकुदका संघसंस्थाहरुलाई समेटेर अघि बढ्न सुझाव दिए । नगरस्तरीय प्रतियोगिताको लक्ष्य स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्ने भएको हुँदा सोही अनुसार गर्न जरुरी रहेको उनले बताए । खेल पर्यटनको विकास गर्न सकिने सम्भावनालाई मध्यनजर गरी पुर्वाधार विकासमा जोड दिनुपर्ने उनले बताए । युवाहरुको क्रिकेट खेलप्रतिको आकर्षकलाई मध्यनजर गरी सरकारको ध्यान जाने दाबी गरे ।

बुटवल क्रिकेट विकास समितिका अध्यक्ष सोहन श्रेष्ठ (अमित) ले छोटो समयमा देशलाई विश्वसामु क्रिकेटबाट चिनाएको भन्दै यो खेलको विकासमा सरकारकाबाट आवश्यक लगानी जरुरी रहेको बताए । वैशाख २४ गतेदेखि शुरु भएको प्रतियोगितामा रुपन्देहीका ६ पालिकाहरुले प्रतिष्पर्धा गरेको संघका सचिव पुनित पोखरेलले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?