Butwal Today

एमालेको सचिवालय बैठक बस्दै

२६ बैशाख २०८०, मंगलवार
अ+
अ-

काठमाडौँ ।

आज (मंगलबार) नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले दिएको जानकारीअनुसार बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय, च्यासलमा बस्दै छ।

‘बैठकले आसन्न केन्द्रीय कमिटीको बैठकका एजेन्डालगायतका विषयमा छलफल गर्नेछ’, उनले भने।

यही वैशाख २८, २९ र ३० गते काठमाडौंमा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ।

नक्कली शरणार्थी प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझी  मुछिएका बेला एमालेको सचिवालय बैठक बस्न लागेको हो। पक्राउ पुर्जी जारी भएपछि फरार रायमाझीलाई प्रहरीले खोजिरहेको छ। उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन्।

त्यस्तै एमालेका सल्लाहकार परिषद् सदस्य इन्द्रजित राई सोही प्रक्ररणमा संलग्न आरोपमा प्रहरीको हिरासतमा छन्। राई एमाले उपाध्यक्ष रामबहादुर थापा बादल गृहमन्त्री रहेका बेला सुरक्षा सल्लाहकार थिए।