Butwal Today

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

२६ बैशाख २०८०, मंगलवार
अ+
अ-

काठमाडौँ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। उनलाई सुरक्षा बलले इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ गरेको बीबीसीले जनाएको छ ।

इस्लामाबादका आईजीले एक विज्ञप्तिमा इमरान खानलाई अल-कादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको बताएका छन्। इस्लामाबाद पुलिसले धारा १४४ अनुसार कारबाही हुने बताइएको छ।

पार्टी नेता फवाद चौधरीले ट्विट गर्दै भनेका छन्, ‘पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाट उठाइयो। वकिल र सर्वसाधारणलाई यातना दिइयो। इमरान खानलाई अज्ञात व्यक्तिले अज्ञात स्थानमा लगेका छन्। इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीशले गृह सचिव र आईजीलाई १५ मिनेटभित्र अदालतमा उपस्थित हुन आदेश दिएका छन्।’