Butwal Today

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्कियो

२५ बैशाख २०८०, सोमबार
अ+
अ-

काठमाडौँ ।

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्काएर आकस्मिक अवतरण गरिएको छ। आज बिहान ९:४० बजे काठमाडौंका लागि उडेको विमान केही बेरमै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नै फर्काएर आकस्मिक अवतरण गरिएको हो।

ल्यान्डिङ गेयरको इन्डिकेसनमा समस्या देखिएपछि १० मिनेटमै भैरहवा फर्काइएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?