ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

रोहिणीमा स्वास्थ्य चौकी

२५ बैशाख २०८०, सोमबार
२५ बैशाख २०८०, सोमबार

भैरहवा, २५ वैशाख ।

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ मा स्वास्थ्य चौकी भवन बन्ने भएको छ । रोहिणी–२ स्थित खरबिन्द टोलमा निर्माण हुने स्वास्थ्य चौकी भवनको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिलान्यास गरेका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले स्वास्थ्य चौकी भवन निर्माणका लागि रु. १ करोडको संघीय बजेट रहेको र त्यसमा पालिकाले अलिकति योगदानमा गरौं भनेर रु. १ करोड २५ लाखको ईस्टिमेट तयार गरिएको बताए । उनले भने, ‘रु. ८५ लाखमा ठेक्का सम्झौता भएको छि । असार मसान्तसम्म रु. ८५ लाखको काम हुनेछ । डीपीआर तयार गरेका छौं । झण्डै ३ करोडको छ । आगामी वर्षमा थप रकम विनियोजन गरेर भवनको माथिल्लो तल्लाको काम हुनेछ ।’

भवन शिलान्यास पश्चात बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणी–२ र समग्र रोहिणीको विकासका लागि अघि बढेको बताए । उनले वडा नम्बर २ का वडाबासीलाई नजिकबाटै सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य चौकी भवन निर्माण हुने बताए । अध्यक्ष यादवले रोहिणी गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने अभियानका साथ अगाडि बढेको बताए । ‘१५ शैयाको अस्पताल बनाउने लक्ष्य छ । त्यसका साथै विभिन्न स्थानमा हाईमास्ट लाईट जडान गरिएको छ । उनले भने, ‘७ वटै वडामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सम्पूर्ण धर्म संस्कृतिको संरक्षण गर्दै अघि बढेका छौं ।’

रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले ४ कठ्ठा जग्गामा स्वास्थ्य चौकी भवन निर्माण हुने जानकारी दिए । उनले गाउँपालिकामा विकास निर्माण कार्य तीव्रताका साथ अघि बढेको बताए । उनले भने, ‘गाउँपालिकामा विकास निर्माण कार्य अघि बढेको छ ।’ उनले गाउँपालिका भवनको टेण्डर प्रक्रिया अघि बढेको जानकारी दिए ।

रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानले वडा नम्बर २ मा स्वास्थ्यसँगै शिक्षा तथा भौतिक पूर्वाधार निर्माण कार्य अघि बढेको बताए । उनले स्वास्थ्य चौकी भवन सकेसम्म २ वर्षमा निर्माण कार्य सम्पन्न हुने बताए । उनले भने, ‘यो बहुवर्षीय योजना हो । नागरिकलाई स्वास्थ्य परीक्षणमा सहजता प्रदान होस् भन्ने उद्देश्यले स्वास्थ्य चौकी भवन निर्माण कार्य अघि बढेको हो ।’

रोहिणी–२ की वडा सदस्य प्रभावति नाउले गाउँपालिका अध्यक्ष र वडाअध्यक्षको सहकार्यमा राम्रो काम भइरहेको बताइन् । उनले भनिन्, ‘विगत पाँच वर्षमा नभएको काम अहिले भइरहेको छ ।’ गाउँपालिकाका योजना शाखाका सव–इञ्जिनियर राजकुमार मिश्राले गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण र सामाजिक विकासमा ध्यान दिएको बताए । उनले स्वास्थ्य सेवामा नागरिकलाई पहुँच पुर्याउने उद्देश्यले ‘स्वास्थ्य नै धन हो’ भन्ने नाराका साथ स्वास्थ्य चौकी भवन निर्माण कार्य अघि बढेको बताए । उनले भने, ‘गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव र वडाअध्यक्ष करम हुसेन खानको नेतृत्व तथा अगुवाइमा विभिन्न विकास निर्माण कार्य अघि बढेका छन् ।’ स्थानीय कान्छा कोहारले गाउँपालिकाले १ वर्षको अवधिमा विभिन्न कार्य गरेको बताए । उनले ठाउँठाउँमा सडक बत्ती जडान, सडकलगायत विभिन्न क्षेत्रमा काम भएको बताए । उनले रोहिणीलाई नमूना गाउँपालिका बनाउन र समग्र गाउँपालिकाको विकासका लागि हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

स्थानीय शेषमणि यादवले जनप्रतिनिधिले जनतामाझ गरेको वाचा क्रमशः पूरा गर्दै गएको बताए । उनले भने, ‘जनप्रतिनिधिले गरेका कामको जनताले मूल्यांकन गर्नेछन् । ’स्थानीय मकसुद खानले जनप्रतिनिधि निरन्तर जनतामा सेवा खटिएको बताए । उनले भने, ‘विगतमा नभएका काम अहिले भएको छ । यसका लागि रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव र वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खानलाई धन्यवाद दिन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?