ट्रेंडिंग:

>> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते

जनताका मुद्दा उठाउन मन्त्री पाण्डेको सञ्चारकर्मीलाई आग्रह

२४ बैशाख २०८०, आइतबार
२४ बैशाख २०८०, आइतबार

बुटवल, २४ वैशाख ।

लुम्बिनी प्रदेश सरकारका विना विभागीय मन्त्री सन्तोष पाण्डेले जनताका मुद्दा उठाउन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । उनले समाज रुपान्तरणका लागि जनताका एजेण्डामा सरकारलाई झकझक्याउने र सरकारका नीति जनतालाइ बुझाउने गरी कलम चलाउन पत्रकारलाई आग्रह गरे ।

गोरखापत्र प्रकाशनको १२३ ओैं वर्ष प्रवेश तथा संस्थानको ६१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्रको लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले गोरखापत्रले जनताका मुद्दा बोक्नुपर्ने उल्लेख गरे ।

मन्त्री पाण्डेले भने–‘यसमा सरकारको छायाँ नपारौं, सत्य तथ्य समाचार निर्धक्क लेखौँ, नेपालको सिंगो इतिहास बोकेको गोरखापत्रको थप ब्राण्डिङ गर्न जरुरी छ ।’ उनले जनताको पक्षमा कलम चलाउने पत्रकारहरुको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । ‘गोरखापत्र संस्थान नै संघीय सरकार मातहतको हो, यसमा काम गर्नेहरु सबैको सुरक्षा जरुरी छ, सरकारले थप ध्यान दिनुपर्छ’–उनको भनाइ छ ।

उनले लुम्बिनीको एक चिम्टी माटोको पनि बिदेशी पर्यटकले महंगो डलरमा किन्ने भन्दै अब लुम्बिनी आउने पर्यटकलाइ यहाँको माटो, बुद्धको तस्वीर, बुद्ध अंकित टोपी संगसंगै बेच्नुपर्ने धारणा राखे । यसो भएमा आर्थिक समृद्धि हुने मन्त्री पाण्डेको भनाई छ ।

नेपालीले भारतमा पुगेर एक बोतल जल बोकेर आउने गरेको स्मरण गर्दै संसारभरका बौद्ध मार्गीलाइ लुम्बिनीको एक चिम्टी माटो पनि प्रसाद हुने धारणा उनले राखे । त्यस अवसरमा बोल्दै पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारिता नेताका भजन गाउने साधन बन्न थालेको प्रति चिन्ता ब्यक्त गरे । उनले राज्यले पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरे ।

उनले अब राजनीतिक कुरामात्र गरे जनताले लखेट्ने अवस्था आउन सक्ने चेतावनी दिए । उनले नेपालमा पर्यटन क्षेत्रको बिकासका लागि राज्यले आधार तयार गरिदिनुपर्ने बताए । गण्डकी प्रदेशको पर्यटन विकास लोभलाग्दो भएको चर्चा गर्दै उनले लुम्बिनीमा अथाह सम्भावना भएर पनि यथेष्ट काम हुन नसकेको गुनासो गरे ।

पर्यटन ब्यवसायी माधव नेपालले राज्यले पत्रकारको सुरक्षा गर्नुपर्ने उल्लेख गरे । उनले मुलुकको आर्थिक समृद्धिका लागि सबै लाग्नुपर्ने बताए । देशमा आर्थिक समृद्धि ल्याउन गोरखापत्रले अहम भुमिका खेल्नुपर्ने उनको तर्क छ ।

नेपाल पत्रकार महासंघ रूपन्देहीका निवर्तमान अध्यक्ष यानेन्द्र जिसीले गोरखापत्रको ईतिहास जोगाउने दायित्व सरकारको रहेको भन्दै यसको संचालक भने जनता नै रहेको उल्लेख गरे ।

उनले भने–‘पत्रिकाले खबरदारी र निगरानी गरोस्, सेल्फ सेन्सरसीपमा छौँ, मिडियामा सरकारको छाया नपारौं, कसैको ईन्ट्रेष्टमा समाचार नबनोस्, समाचार ब्रेक गर्न सक्नुपर्छ, सरकारलाई खबरदारी गरोस् ।’

बुटवल उद्योग बाणिज्य संघका महासचिव विमलराज भट्टराईले १९५८ देखि सही दिशा निर्देशका लागि पत्रकारिता गरिरहेको भन्दै गोरखापत्रको प्रशंसा गरे । उनले कृषि, पर्यटन आर्थिक समृद्धिको आधार भएको भन्दै किसानका उत्पादन बेच्ने वातावरण सरकारले बनाउनुपर्ने बताए ।

नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्तले गोरखापत्रको बिश्वसनियता अरुको भन्दा बढी र आधिकारिकता रहेको उल्लेख गरे । उनले पर्यटन नै विकासको आधार रहेको बताए ।

रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल गोरखापत्रले जनमानसको विश्वास जित्नुपर्ने भन्दै अब आर्थिक क्षेत्रलाई जोड दिन आग्रह गरे । होटल ब्यवसायी संघ रुपन्देहीका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेले ओेझेलमा परेका र खोजमुलक समाचारको अपेक्षा गरेको बताए ।

कार्यक्रममा गोरखापत्रको बुटवल स्थित लुम्बिनी प्रदेश स्तरीय कार्यालयका प्रमुख हरि सुवेदी, समाचारदाता छवि पाण्डे, प्रदेश संयोजक भुवन कार्कीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

समाचारदाता छवि पाण्डे सम्मानित


गोरखापत्रका बुटवल समाचारदाता छवि पाण्डे सम्मानित भएका छन् । गोरखापत्र प्रकाशनको १२३ औं बर्ष प्रवेश तथा संस्थानको ६१ औं बार्षिकोत्सव विशेष समारोह कार्यक्रम २०८० को बुटवलमा आयोजित कार्यक्रममा साढे २ दशकदेखि पत्रिकामा कार्यरत पाण्डेलाई कामको कदर स्वरुप दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

पाण्डेलाई लुम्बिनी प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डे, गोरखापत्रको बुटवल स्थित लुम्बिनी प्रदेश स्तरीय कार्यालयका प्रमुख हरि सुवेदी, प्रदेश संयोजक भुवन कार्की लगायतले सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?