ट्रेंडिंग:

>> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
देवस्थलको १३ औ साधारण सभा

बहुउद्देश्यीय धर्मशालासहित बृहत् गुरुयोजना

२३ बैशाख २०८०, शनिबार
२३ बैशाख २०८०, शनिबार

बुटवल, २३ वैशाख ।

योगिकुटीस्थित देवस्थल मन्दिरको गुरुयोजना बनाएर धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने भएको छ । करिब ५ करोड रुपैयाँ लागतमा निर्माण गरिने वृहत गुरुयोजनामा बहुउद्देश्यीय धर्मशाला, सुन्दर र आकर्षक मन्दिर, हरियाली बगैँचा लगायत निर्माण गरिने अध्यक्ष अशोक गुरुङले बताए । बुटवल उपमहानगरपालिकाबाट ११ लाख रुपैयाँ, प्रदेश सरकारबाट ८ लाख रुपैयाँ सहयोगमा कुल ५८ लाख रुपैयाँ लागतमा मन्दिर पुनस्र्थापना गरिएको छ ।

वि.सं. २०१२ सालमा स्थापना भएको देवस्थल मन्दिर संचालक समितिको १३ औं साधारण सभाको शनिबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले उदघाटन गर्दै धार्मिक स्थलको संरक्षण गर्ने जिम्मेवारी आम नागरिक भएको बताए । योजनाबद्घ रुपमा तयार भएको गुरुयोजनालाई सबै क्षेत्रलाई समेटेर अघि बढ्न सके पूरा हुने उनले बताए ।

स्थानीय, प्रदेश र संघ सरकारबाट सहयोग मिल्ने गरी योजना अघि बढाउन जरुरी रहेको उनले बताए । बुटवल उपमहानगरपालिकालाई सौन्दर्यीकरण गर्ने अभियानलाई सफल बनाउन सबैको सहयोग जरुरी रहेको भन्दै यो काममा हात अघि बढाउन आग्रह गरे । छाडा चौपाया ब्यवस्थापन पहिलो शुरुवात गर्न लागेको भन्दै यो काममा बासिन्दाले अपनत्व लिएर गौशालामा सहयोग गर्न सुझाव दिए । छाडा चौपाया ब्यवस्थापन गर्न सके सडक दुर्घटना न्युनीकरण हुने उनले दाबी गरे ।

कार्यक्रममा बुटवल देविनगर निवासी शताब्दी पुरुष पिताम्बर न्यौपाने, निवर्तमान अध्यक्ष रामचन्द्र ज्ञवाली, मन्दिरका पुजारी केशव ज्ञवाली, पण्डित रामचन्द्र ज्ञवालीलाई सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको छ ।

योगिकुटीस्थित बगैचाको नामबाट पहिचान बनाएको स्थललाई धार्मिक, पर्यटकीय स्थल निर्माण भएको देखिन्छ । मनोरम बगैचामा दक्षिण भारतका ऋषिमुनी, साधुसन्त योगीहरु ज्ञानको खोजी र शालिग्रामको उद्गम थलो कालिगण्डकी पितृश्रद्घा कागबेनी गलेश्वर हँुदै मुक्तिनाथबाट हिमालय पर्वतसम्मको यात्रा गरेर फर्किदा बास बस्ने र विश्राम गर्ने पवित्र थलोको रुपमा उपयोग हुँदै आएको जनश्रुति छ । दुर्गा भवानीको पुजापाठका लागि मन्दिर स्थापना भएको हो । मन्दिर ८ कठ्ठा २ धुर जग्गामा पुर्वाधार निर्माण भएको छ । स्वर्गीय शेर बहादुर गुरुङले सिद्धेश्वर महादेवको मन्दिर, निवर्तमान अध्यक्ष पुर्णानन्द गिरिले मन्दिरको मुलगेट निर्माण, समाजसेवी पप्पु बिक सेन्चुरीले बाबाआमाको स्मृतिमा नन्दी मन्दिर भगवानको निर्माण र समाजसेवी स्वर्गीय दिल बहादुर पौडेल क्षेत्रिले स्वस्थानी मन्दिर निर्माण गरेका हुन् । यही स्थानबाट स्वर्गीय सुवेदार मेजर जित बहादुर गुरुङ र शेर बहादुर गुरुङको अगुवाई गरी पाठशाला स्थापना भएको थियो ।

कार्यक्रममा मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री, मन्दिर ब्यवस्थापन समितिका सल्लाहकार सुरज भट्टराई, महेन्द्र थापा, जनजागरण महिला समूहका अध्यक्ष मन्जु खड्का, सचिव कमल नेपाल, कोषाध्यक्ष हरि घिमिरेले मानवलाई नैतिकता सिकाउने काम धार्मिक क्षेत्रको योगदान रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?