Butwal Today

राष्ट्रपतिद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

२१ बैशाख २०८०, बिहीबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिसमा आगामी वैशाख २४ गतेका लागि अधिवेशन आह्वान गरिएको हो ।

प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख २० को सिफारिसमा सम्वत् २०८० साल वैशाख २४ गते आइतबारका दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।