ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

जग्गा कित्ताकाट खुल्यो, राजपत्रमा आएपछि लागू हुने

२० बैशाख २०८०, बुधबार
२० बैशाख २०८०, बुधबार

काठमाडौँ ।

मन्त्रिपरिषद्ले घरजग्गा कित्ताकाट औपचारिक रुपमा खुला गरेको छ। वैशाख ५ गते मन्त्रिपरिषद् बैठकले गरेको निर्णयले वैधानिकता नपाएसँगै नयाँ निर्णय भएको हो।

गत वैशाख ५ गते मन्त्रिपरिषद्ले कित्ताकाट खुल्ला गर्ने निर्णय सार्वजनिक रुपमा जानकारी गराएको थियो। कित्ताकाटको मोडालिटी स्पष्ट नहुँदा मुख्यसचिवबाट निर्णय भई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा फाइल नै पुगेन।

उक्त फाइल मन्त्रिपरिषदकै आर्थिक समितिमा पठाइएको थियो। ‘समितिको सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषद्को बैठक औपचारिक रुपमा घरजग्गा कित्ताकाट खुला गरेको छ’, एक मन्त्रीले भने, ‘राजपत्रमा प्रकाशित भएपछि लागू हुन्छ।’

वैशाख ५ गते नै सर्वसाधारण जग्गाको कित्ताकाट खुलेको भ्रममा मालपोत कार्यालय धाउन थालेका थिए।

वैशाख ५ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भू–उपयोग नियमावली पहिलो संशोधन २०७९ लाई स्वीकृत गर्दै घरजग्गा कित्ताकाट खुला गरेको जानकारी दिएकी थिइन्।

तर वैशाख १९ गतेसम्म निर्णय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आएन। मन्त्रिपरिषद्कै आर्थिक समितिमा अड्किएर बसेको थियो।

‘कतिपय ठाउँमा कित्ताकाट रोकिएका थिए। अंशबन्डा र किनेको जग्गा बिक्रीवितरण गर्नसक्ने वातावरण थिएन’, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले भनेकी थिइन्, ‘हिजो जग्गा किनेर बिक्री गर्न नपाएकालाई अब सहज हुन्छ।’

मन्त्रिपरिषद्ले वर्गीकरण सहज गर्दै कित्ताकाट खुलाउने निर्णय गरेसँगै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिवले राजपत्रमा प्रकाशनका लागि पठाउनेछन्।

मन्त्रालयका सूचना अधिकारी टेकराज अर्यालले मन्त्रिपरिषद्को समितिले अध्ययन गरी निर्णय गरेकाले स्पष्ट भएर आउने बताए। भूउपयोग नियमावलीको पहिलो संशोधनमा कुन कुन दफा थपघट भएको छ निर्णय मन्त्रालयमा आएपछि मात्रै जानकारी दिनसक्ने बताए।

सेवाग्राही भ्रममा पर्दा मालपोत कार्यालयमा भीड
जग्गालाई वर्गीकरण गरेपछिमात्रै कित्ताकाट गर्न सकिने गरी सरकारले भू–उपयोग नियमावली प्रयोगमा ल्याएको थियो। १६० बढी पालिकाले आंशिक र पूर्ण गरी जग्गा वर्गीकरण गरी कित्ताकाट खुलाए पनि बाँकी पालिकाले जग्गालाई वर्गीकरण गर्नसकेका थिएनन्।

घरजग्गा व्यवसायीले अधिकांश पालिकाले जग्गालाई वर्गीकरण गर्न नसक्दा कारोबार रोकिएको भन्दै सरकारलाई खुलाउन दबाब दिइरहेका थिए। कतिपय ठाउँमा सर्वसाधारणले अप्ठ्यारो पर्दा आफ्नै जग्गा बिक्री गर्न नसकेको गुनासो गरिरहेका थिए। वैशाख ५ गते कित्ताकाट खुलेको निर्णयसँगै मालपोत कार्यालयमा सेवाग्राही बढेका छन्।

‘विभिन्न माध्यमबाट कित्ताकाट खुलेको सूचना सबै ठाउँमा पुगेको छ’, लुम्बिनी प्रदेशमा रहेको एक नापी तथा मालपोत कार्यालयका प्रमुखले भने, ‘आधिकारिक निर्णय आएको छैन। सेवाग्राही कित्ताकाट खुलेको भन्दै आउन थालेका छन्। सेवाग्राहीको भीड बढाउने मात्रै काम गरेको छ।’

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक पद्मनीति सोतीले सार्वजनिक माध्यममा सुनेको कुरा नजिकको कार्यालयमा बुझ्न जाने बढेको हुनसक्ने बताए।

‘कार्यालयबाट विभागमा बारम्बार सोधिरहेका छन्, कित्ताकाटको निर्णय आएको हो भनेर’, महानिर्देशक सोतीले भने, ‘मन्त्रिपरिषदमै फाइल रहेको छ। मन्त्रालयमा आयो भने हामी सबै मालपोत कार्यालयलाई मेल गरिदिन्छौँ।’

व्यवसायीको निरन्तर दबाब, सांसदको विरोध
सरकारले गत जेठ महिनामा मात्रै भू–उपयोग नियमावली स्वीकृत गरेको थियो। नियमावलीले कृषि क्षेत्र, आवासीय क्षेत्र, वन क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिजजन्य पदार्थ क्षेत्र, नदी खोला ताल, सिमसार क्षेत्र तोकी निर्धारण गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो।

काठमाडौं उपत्यकासहित अधिकांश ठूला पालिकाले कृषि र गैरकृषि क्षेत्रलाई वर्गीकरण गरी कित्ताकाट खुलाएका छन्। गाउँपालिका र कतिपय नगरपालिकाले प्राविधिक नहुँदा वर्गीकरण गर्न नसकेको बताएका थिए।

अधिकांश पालिकाले आफूहरूसँग प्राविधिक कर्मचारी नहुँदा जग्गा वर्गीकरण गर्न नसक्ने बताउँदै आएका थिए। संघीय सरकारले पालिकाले माग गरेको ठाउँमा मालपोत तथा नापी कार्यालयबाट प्राविधिक उपलब्ध गराए पनि लागू हुनसकेको थिएन।

वैशाख ५ गते मन्त्रिपरिषद्ले कित्ताकाट खुल्ला गर्ने निर्णय गरेसँगै संशोधित नियमावली राजपत्रमा प्रकाशन नभए पनि घरजग्गा व्यवसायी प्रधानमन्त्रीलाई भेटेर दबाब दिएका थिए। वैशाख ११ गते नेपाल जग्गा तथा आवास विकास महासंघले रियल इस्टेट क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग राखेको थियो।

महासंघले भूउपयोग कानुनहरुको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाटलाई साबिकबमोजिम नै सहजीकरण गर्न माग गरेका थिए।

अर्थ मन्त्रालयका अधिकारीले समेत जग्गा कित्ताकाट सबै ठाउँमा नहुँदा घरजग्गा कारोबार रोकिएको र आर्थिक क्षेत्र चलायमान हुन नसकेको बताउँदै आएका थिए।

यता सांसदहरुले हालकै अवस्थामा कित्ताकाट खोल्दा झन् अप्ठ्यारो हुने बताइरहेका छन्। अघिल्लो मन्त्रिपरिषद्को निर्णय सार्वजनिकसँगै वैशाख ६ गते बसेको बैठकमा प्रतिनिधिसभा सदस्य सरस्वती सुब्बाले सरकारले पुरानै अवस्थाबाट जग्गाको कित्ताकाट खोल्नु देशको वर्तमान अवस्थाविपरीत भएको बताएकी थिइन्।

यसले कृषिभूमि समाप्त पार्ने बाटो खोल्ने उनको तर्क छ। उनले जमिनको दलालीकरण बढाउने पनि उल्लेख गरिन्।

‘पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेशविपरीत छ। यसले जमिनको खण्डीकरण बढाउँछ। कृषि भूमि समाप्त पार्ने बाटो खोल्छ’, उनी भन्छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?