ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

स्थानीय पाठ्यक्रमबारे शिक्षकहरुलाई प्रवोधिकरण

१९ बैशाख २०८०, मंगलवार
१९ बैशाख २०८०, मंगलवार

सल्यान, १९ बैशाख ।

स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याउन लागेको सल्यानको कालिमाटी गाउँपालिकाले शिक्षकहरुलाई प्रवोधिकरण गरेको छ । पाठ्यक्रममा समेटिएका सबै विषयवस्तुबारे जानकारी दिने उद्देश्यले गाउँपालिकाले प्रवोधिकरण कार्यक्रम राखेको हो । सोमबार र मंगलबार दुई दिन सम्म सञ्चालन भएको कार्यक्रममा १ देखि ५ सम्म कक्षा सञ्चालन भएका विद्यालयबाट एक जना शिक्षक र ८ कक्षा सञ्चालन भएका विद्यालयबाट दुई जना शिक्षक सहभागी भएका थिए ।

पठनपाठनमा सहजता ल्याउनका लागि शिक्षकहरुलाई स्थानीय पाठ्यक्रम बारे अन्तत्र्रिmया तथा प्रबोधिकरण कार्यक्रम आयोजना गरिएको कालिमाटी गाउँपालिकाका शिक्षा अधिकृत भरत कुमार चन्दले जानकारी दिए । स्थानीय पाठ्यक्रम कालिमाटी गाउँपालिकाको सेरोफेरो पालिकाभित्रका ५२ वटा सामुदायिक विद्यालयमा यही शैक्षिक वर्षदेखि कार्यान्वयमा आउँदैछ ।

कालिमाटी गाउँपालिकाभित्र रहेका कृषि, पर्यटन, उद्यम, जडीबुटी, रहनसहन, कलासंस्कृति, सम्पदा, भाषा, धर्म, स्थानीय प्रविधि लगायत विभिन्न विषयलाई समेटेर पाठ्यक्रम तयार गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए । स्थानीय पाठ्यक्रमले पालिकाको शैक्षिक विकास तथा पहिचानमा टेवा पुग्ने र नैतिकवान, चरित्रवान विद्यार्थी उत्पादन हुने उनको अपेक्षा छ ।

गाउँपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यपुस्तक पढाइ सुरु गर्दैछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पाठ्यपुस्तक लागू गर्नसक्ने व्यवस्था गरेकाले आफ्नो पालिकाले पनि कालिमाटी गाउँपालिकाको सेरोफेरो तयार गरेर कार्यान्वयनमा ल्याएको अध्यक्ष केसीको भनाई छ ।

स्थानीय सरोकारवालाहरू विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, स्थानीय बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, स्थानीय निकायका प्रतिनिधि, व्यवसायी, पेशाकर्मी, ज्येष्ठ नागरिक लगायतबाट कालिमाटी गाउँपालिकाका सबै वडा मार्फत स्थानीय आवश्यकताका विषयवस्तुहरूको सूची तयार गरेर स्थानीय पाठ्यक्रमको मस्यौदा तयारी गरी त्यसलाई पूर्णता दिइएको थियो ।

केन्द्रीय पाठ्यक्रमले मात्र स्थानीय ज्ञान, सीप, विधि तथा प्रविधिलाई समेट्न नसक्ने भएकाले पालिकाको परिवेश; वातावरण र आवश्यकता अनुसारको स्थानीय पाठ्यक्रम निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?