ट्रेंडिंग:

>> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता

१२ बुँदे घोषणापत्र जारी गर्दै प्रेस चौतारी दाङको साधारणसभा सम्पन्न

१९ बैशाख २०८०, मंगलवार
१९ बैशाख २०८०, मंगलवार

दाङ, १९ वैशाख ।

प्रेस चौतारी नेपाल दाङले वार्षिक साधारणसभामा १२ बुँदे दाङ घोषणापत्र जारी गरेको छ । राजधानी क्षेत्रबाटै प्रशासनिक काम शुरु भइसकेको अवस्थामा पनि प्रदेश प्रमुखको कार्यालय बुटवलमै राखिनुले राजधानी कार्यान्वयनमा शंका उत्पन्न भएको उल्लेख गर्दै तत्काल प्रदेश प्रमुखको कार्यालय राजधानी क्षेत्र राप्ती उपत्यकाबाटै सञ्चालन गर्न माग गरेको हो । दाङको पुरानो भन्सार नाका कोइलाबास अझै पनि खण्डहरकै अवस्थामा रहेको उल्लेख गर्दै उक्त नाका सहजरुपमा सञ्चालन गरी नेपाल–भारतको व्यावसायिक कारोबार बढाउने वातावरण बनाउन नेपाल सरकारस‘ँग माग गरेको छ । प्रेस चौतारीले लामो समयदेखि अलपत्र परेको लमही–घोराही–तुलसीपुर फोरलेन सडकका कारण नागरिकलाई सास्ती भइरहेको उल्लेख गर्दै तत्काल सडक निर्माणको कामलाई सम्पन्न गर्न सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराएको छ ।

त्यस्तै देशको आर्थिक अवस्था अत्यन्त जटिल बन्दै गइरहेको सन्दर्भमा आम सञ्चार माध्यमलाई परेको संकट समाधानका लागि उचित पहलकदमी लिनुपर्ने, दाङको पत्रकारिताको विकासका लागि जिल्लामा रहेका सञ्चार माध्यमलाई विज्ञापन उपलब्ध गराउन जिल्लाका स्थानीय सरकार, सरकारी तथा गैरसरकारी निकायसँग आग्रह गरिएको छ ।

यसैगरी त्यस्तै गढवा–राजपुर गाउँपालिकामा निर्माण भइरहेको हुलाकी राजमार्ग निर्माणको काम सम्पन्न गरी देउखुरीलाई विकासको गति दिनुपर्ने, टरिगाउँ विमालस्थलको स्तरबृद्धि गरी दाङको आर्थिक र पर्यटन विकासका लागि पहलकदमी लिन सरकारसँग माग गरिएको छ । चौतारीले पत्रकारको क्षमता विकास र वृत्ति विकासका लागि उपयुक्त योजना बनाई काम गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग आग्रह गर्दै घोराहीको बाह्रकुने दहको थप व्यवस्थापन गरी पर्यटकीय आकर्षणको केन्द्र बनाउन यस क्षेत्रको प्रचारप्रसार गर्न र गुरुयोजनाअनुसार कार्ययोजना बनाएर काम गर्न अनुरोध गरेको छ ।

यसैगरी श्रमजीवी पत्रकारहरुको व्यावसायिक सुरक्षाका लागि अनुकूल वातावरण बनाउँदै श्रमजीवी पत्रकार ऐन पूर्णरुपमा कार्यान्वयन गर्न सम्पूर्ण सञ्चारगृह र सरकारसँग माग गर्दै पत्रकारितामाथि सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट भइरहेका आक्रमणबाट पत्रकार स्वनियन्त्रणको अवस्थामा पुगिरहेकाले पूर्ण प्रेस स्वतन्त्रताको उपभोग गर्ने वातावरण बनाउन सरोकारवाला र सरकारसँग आग्रह गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले दाङको विकासका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै आधारपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा सञ्चार माध्यममा नियमितरुपमा आर्थिक पेज, आर्थिक कार्यक्रममार्फत आर्थिक विकासका बिषयवस्तु सम्प्रेषण गर्ने, कृषि, कृषिमा आर्थिक विकासका सम्भावना देखाउने खालका सामग्री सम्प्रेषण गर्ने, स्थानीय स्रोत साधनको उपयोगितामार्फत आयआर्जन गर्न सकिने विषयलाई महत्व दिने, स्थानीय उद्योग र उत्पादनलाई प्रोत्साहन दिने, सिंचाई, उद्योग, पशुपालन, रोजगारी, गरिवी निवारण जस्ता विषयलाई सञ्चार माध्यममा नियमित उठान गर्ने, आर्थिक विकासका बिषयमा बहस सिर्जना गरेर सरोकारवाला पक्षलाई विकासका लागि जिम्मेवार बनाउने, नागरिकलाई आर्थिक समृद्धि र सम्भावनाबारे सचेत पार्ने खालका सामग्री सम्प्रेषण गर्ने,स्थानीय उद्योग र व्यवसायमा देखापरेका समस्यालाई उजागर गर्ने र आर्थिक विकासका विषयमा सम्पादकीय, लेखहरुलाई महत्व दिएर आर्थिक विकाससम्बन्धी विशेषज्ञका विचारहरु सम्प्रेषण गर्ने काम सञ्चार माध्यमले गर्न सक्ने उल्लेख गरिएको छ ।

सो अवसरमा प्रेस चौतारी दाङका पूर्वअध्यक्ष दुर्गालाल केसी र सदस्य बिमला केसीले ५० हजार राशीको अक्षय कोष स्थापना गरेका छन् । चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षता तथा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य मेनका पोख्रेल, नेकपा एमाले केन्द्रीय सदस्य साजिदा सिद्धिकी, जिल्ला उपाध्यक्ष राममणि पाण्डे, सचिव मनोहर बुढाथोकी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, प्रेसचौतारी लुम्बिनी प्रदेश महासचिव निरा गौतम लगायतले पत्रकारको हकहितमा काम गर्न सरकारलाई आग्रह गरेका छन् । कार्यक्रमको बन्द शत्रमा चौतारी कोषाध्यक्ष गोकर्ण पौडेल र सचिव किरण गौतमले प्रस्तुत गरेको प्रतिबेदन पास भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?