Butwal Today

यूएईले गुमायो ५ विकेट, सन्दीपद्वारा मुस्तफा आउट

१८ बैशाख २०८०, सोमबार
अ+
अ-

काठमाडौँ ।

एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपालले यूएईको ५ विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले १३.१ ओभरको खेल सकिँदा ५विकेट गुमाउँदै ५१ रन जोडेको छ।

सन्दीप लामिछानेले रोहन मुस्तफालाई कुशल मल्लको हातबाट क्याचआउट गराएका हुन्।

यसअघि  सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा ओपनर मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।