ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

अनुगमन खर्च कटौती गरी विकट क्षेत्रमा माध्यमिक तहको कक्षा

१८ बैशाख २०८०, सोमबार
१८ बैशाख २०८०, सोमबार

देउखुरी, १८ वैशाख

दाङको राप्ती गाउँपालिकाको विकट पहाडी गाउँका बालबालिकाहरूले अब देखि आफ्नै गाउँमै माध्यमिक तह सम्मको शिक्षा पढ्न पाउने भएका छन् ।

गाउँपालिकाको १८ औंं कार्यपालिका बैठकले पालिकाको वडा नम्बर ५ मा रहेको जनता आधारभूत विद्यालय करङ्गेकोटलाई कक्षा वृद्धि गरी यस वर्ष कक्षा नौ र अर्को वर्ष दस सञ्चालनका लागि अनुमति दिने निर्णय गरे सँगै उनीहरूले सो सुविधा पाएका हुन् ।

यसअघि सो क्षेत्रमा माध्यमिक तह सम्मको पढाइ सञ्चालन नहँुदा विद्यार्थीहरुलाई घण्टौको दुरीमा पर्ने सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँ, शंकर माध्यमिक विद्यालय पिपरी लगायतका विद्यालयहरुमा पढ्न जानू पर्ने बाध्यता रहेको थियो ।

खुशी हुँदै कक्षा नौ मा भर्ना भएकी विद्यार्थी करिष्मा थापा मगरले भनिन्–“कक्षा आठ पूरा गरेर देउखुरी पढ्न जानू पर्ने बाध्यता थियो, भाडाका कोठा पाउनै मुस्किल, पाई हाले पनि महङ्गो भाडा तिर्नु बाध्यता थियोे, अब त आफ्नै गाउँमा पढ्न पाइने भयो ।“

यसैगरी सो विद्यालयका विद्यालय व्यवस्थापन समितका अध्यक्ष चित्र बहादुर थापा मगरले विगतमा विद्यार्थीहरुलाई अन्यत्र पढ्न जानू पर्दा विभिन्न समस्या भोग्नु परेको र बालबालिकाहरूमा अभिभावकहरुको निगरानी समेत नहुँदा कुलतमा फस्ने गरेको बताए ।

यसअघि विद्यालय नजिक नभएकै कारण कतिपय न्यून आर्थिक अवस्था भएका घरपरिवारका विद्यार्थीहरुले आधारभूत तह सम्मको मात्रै पढाई पुरा गरि मजदुरी गर्न जाने गरेको विद्यालयका प्रधानाध्यापक हरिलाल दर्लामीले बताए ।

त्यस्तै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले विकट गाउँका बालबालिकाहरू शिक्षा बाट बन्चित हुन नपरोस् र शिक्षा सबैको नैसर्गिक अधिका हो उनीहरुले सहजरूपले शिक्षा प्राप्त गर्न पाउनु पर्छ भन्ने मान्यताका साथ उक्त क्षेत्रमा कक्षा थपको अनुमति प्रदान गरिएको बताए । उक्त विद्यालयमा पालिकाले विद्यालय अनुगमन कार्यक्रम खर्च कटौती गरी चार जना शिक्षक व्यवस्थापन गर्न लागेको पालिकाका शिक्षा ,युवा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विकले जानकारी दिए ।

हाल उक्त विद्यालयमा करङ्गेकोट, पुनखोला, चित्रिकोट, थकरीकाट, घोग्लेआँप, सिस्नेखुटी सहित बङ्गलाचुलीका केही विद्यार्थीहरु गरी करिब तीन सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् । गाउँमै माध्यमिक तहसम्मको पढाइ हुने भएपछि त्यो ठाउँका विद्यार्थी र अभिभावकहरु खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?