ट्रेंडिंग:

>> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै

छिल्लीकोटमा २८ वर्षपछि अस्थायी प्रहरी पोष्ट

१७ बैशाख २०८०, आइतबार
१७ बैशाख २०८०, आइतबार

दाङ, १७ वैशाख ।

दाङको इतिहास बोकेको पर्यटकीय स्थल तुलसीपुर –१९ छिल्लीकोटलाई शान्ति सुरक्षासंग जोड्नको लागि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । सो स्थानमा माग गरेको करिब २८ वर्षपछि अस्थायी प्रहरी पोष्ट स्थापना भएको हो ।

अस्थायी प्रहरी पोष्ट उदघाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले लामो इतिहास बोकेको छिल्लीकोट हरेक हिसाबले उत्कृष्ट ठाउँ भएको बताए । राजदरबारदेखि युद्ध भएको ठाउँले समेत चिनिने पर्यटकीय स्थलको संरक्षण गर्न प्रहरी पोष्टले सहयोग पु¥याउने उनको भनाई छ । यहाँसम्म घुम्न आउने पर्यटकले अपराधजन्य क्रियाकलाप गरेमा स्थानीयले अब असुरक्षा महशुस गर्न नपर्ने बताए । छिल्लीकोट दाङ र रोल्पाको सिमानासंग जोडिएको छ । यहाँँ आन्तरिक र बाह्य पर्यटकको दैनिक जसो उपस्थिति रहने गरेको छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले प्रहरीसंग संगसंगै मिलेर काम गर्न स्थानीयलाई सुझाव दिएका छन् । प्रहरी मेरो साथी भन्ने नारालाई सार्थक बनाउन उनले आग्रह गरेका छन् । कुनै कुनै मानिस खराब विचारका हुने भएकाले गलत गतिविधि हुने गरेकोले त्यसको जानकारी गराउन स्थानीयलाई आग्रह गरे । प्रहरीलाई स्थानीय, र स्थानीयलाई प्रहरीले सहयोग गर्दै काम गर्न उनले अनुरोध गरेका छन् । प्रहरीले एक्लै कुनैपनि काम गर्न नसक्ने भएकाले सबैको साथ सहयोगले मात्रै प्रहरी सफल हुने उनले बताए । प्रहरी आम नागरिको साथी भएकाले प्रहरीले मुस्कान सहितको सेवा दिनुपर्ने उनले बताए ।

कार्यक्रममा अस्थायी प्रहरी पोष्टका इन्चार्ज कोमलराज बोहराले अबका दिनमा स्थानीयलाई शान्ति सुरक्षा दिने जिम्मा प्रहरीको रहेको भन्दै राम्रो काम गरेर अगाडि बढ्न आग्रह गरे । जनताको सेवाको लागि सधैं खट्न सजिलो होस भनेर मोटरसाइकलको चाबी समेत हस्तान्तरण गरिएको छ ।

१ सय ५ घरधुरी रहेको छिल्लीकोटले धेरै वर्षपछि प्रहरी पाएको भन्दै स्थानीय खुशी भएका छन् । पहिलेका दिनमा घुम्न आएका पर्यटकले त्यहाँका संरचना भत्काउने, तोडफोड गर्ने गरेकोमा अब यस्ता समस्या प्रहरीले समाधान गर्ने स्थानीयको भनाइ छ । समुदायको विकासको लागि प्रहरीको भूमिका महत्वपूर्ण हुने उनीहरुले विश्वास लिएका छन् ।

तुलसीपुर– १९ का वडा अध्यक्ष प्रेमनाथ योगीले आफ्नो वडाको पर्यटकीय क्षेत्रलाई सुरक्षित गर्नका लागि प्रहरी पोष्ट स्थापना गर्न सकेकोमा खुशी व्यक्त गरे । स्थानीयहरुलाई अब ढुक्क भएर प्रहरीलाई सहयोग गर्न आग्रह गरे । जिल्ला प्रहरी कार्यालय दाङका एसपी विरबहादुर ओली,ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्ललगायते पनि मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?