Butwal Today

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आजदेखि बार आन्दोलनमा

१७ बैशाख २०८०, आइतबार
अ+
अ-

काठमाडौं ।

वकिलहरूको साझा संगठन नेपाल बार एसोसिएशन आज देखी आन्दोलनमा उत्रने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशनियुक्तिसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो ।

‘वैशाख १७ गतेवाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संबैधानिक परिषद प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको’ महासचिव अधिवक्ता अन्जिता खनालले जानकारी दिएकी छिन् ।स्वतन्त्र न्यायापालिकाको रक्षा गरौं, न्यायलय भित्रको भ्रष्टचार, विकृत, बिसंगती अन्त्य गर, पुर्ण स्वचालित पेशी ब्यवस्थापन प्रणाली लागु गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्व गर, संवैधानिक परिषदको बैठक अविलम्व बोलाउ, सुनवाई समिति गठन गर भन्ने मागसहित बार आन्दोलमा उत्रेको हो ।

देशैभरि आन्दोलन गर्नका लागि केन्द्रीय बारले माताहातका समितिहरुलाई निर्देशनसमेत दिएको छ ।