Butwal Today

एसीसी प्रिमियर कपको सेमिफाइनल आज : नेपालले कुवेतको सामना गर्दै

१६ बैशाख २०८०, शनिबार
अ+
अ-

काठमाडौँ ।

राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले शनिबार सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । समूह एको विजेता बन्दै नेपालले समूह बीको उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो ।

नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित मैदानमा हुनेछ । नेपाल प्रतियोगितामा एकमात्र अपराजित टोली रहेको छ । त्यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा ओमानले यूएईको सामना गर्नेछ । ओमान समूह एको उपविजेता हो भने यूएई समूह बीको विजेता बनेको थियो । यो खेल बिहान ९ बजे मुलपानीस्थित क्रिकेट मैदानमा खेलिनेछ ।