Butwal Today

फेरि पानी परेपछि रोकियो नेपाल-कुवेतबीचको खेल

१६ बैशाख २०८०, शनिबार
अ+
अ-

काठमाडौँ ।

फेरि पानी परेपछि नेपाल-कुवेतबीच जारी एसीसी प्रिमियर कपको सेमिफाइनल खेल रोकिएको छ। नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा पानी परेपछि खेल पुनः रोकिएको हो।

अलराउण्डर करण केसीको घातक बलिङमा एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेत संकटमा आएको छ। ८.२ ओभरमा नै ६ विकेट गुमाएपछि कुवेत संकटमा आएको छ।

घातक बलिङ गरेका करण केसी एक्लैले ५ विकेट लिए। घातक बलिङ गरेका करणले ४.३ ओभरमा १ मेडन राख्दै १० रन खर्चे।

नेपालका लागि अर्को विकेट सोमपाल कामीले लिए। करणले कुवेतका ४ ब्याटरलाई क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए।
कुवेतले २० ओभरमा १ सय ९४ रन बनाउनुपर्नेछ।

नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरको समाप्तीमा ५ विकेट गुमाएर ३३ रन बनाएर खेलिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा २ सय ८१ रनको योगफल तयार पारेको थियो।

तर डकवर्थ लुइस मेथडका आधारमा नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको हो।