ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

नेपालको खेतमै कुहियो, भारतबाट करोडौंको आयात

१५ बैशाख २०८०, शुक्रबार
१५ बैशाख २०८०, शुक्रबार

बाँके, १५ बैशाख ।

बारीमा लगाएको टमाटर लटरम्म फलेर बोटमै पाक्न लागिसके । तर किन्न आउने कोही पनि भएनन् । बजार लगेर बेच्न खोजियो तर त्यहाँ पनि कसैले किनिदिएनन् । टमाटर बेचेर आम्दानीको हरहिसाव गर्दै बसेका बाँकेको खजुरा–२ सितापुर ‘ए’ गाउँका अगुवा किसान लाल बहादुर खत्रीलाई यसपटक निकै आपत प¥यो । केही गरे पनि दुख गरेर फलाएको टमाटर बेच्न नसकेपछि उनले दुई सय ‘क्यारेट’ टमाटर मलखादमा खन्याएका छन् ।

‘प्रति केजि १० रुपैयाँमा लैजाउ भन्दा पनि किन्न कोही आएन । यतिका टमाटर कहाँ लगेर राख्नु ! अति भएपछि बरु मल नै होला भनेर मलखातमा फालिदिएँ’– कृषि विकास बैंकको जागिरे जीवनपछि कृषिक्षेत्रमा लाग्दै आएका खत्रीले दुखेसो गर्दै भने । यतिबेला नेपालगन्जमा पाँच किलो टमाटरको रु एक सय छ । अहिले सिजन नै भएपनि अघिल्ला वर्षमा टमाटरको मूल्य यसरी कम नभएको खत्रीले बताए ।

उनका अनुसार, स्थानीय प्रशासनको उदासिनताका कारण भारतबाट बजारले माग नै नगरेको टमाटर आइदिंदा नेपाली किसानको उत्पादनले बजार पाउन नसकेको हो । ‘कम्तीमा स्थानीय प्रशासनले अभावका बेला खुकुलो गरेपनि स्थानीय उत्पादन नै पर्याप्त भएका बेला नियमन गर्न सक्नुपथ्र्यो’, अगुवा किसान खत्रीले भने, ‘टमाटरको बेला मात्रै होइन हरेक उत्पादनमा हामीलाई यसरी नै निरुत्साहित गर्ने गरिन्छ, लागत पनि नउठेपछि किसान कसरी उत्पादनमा अग्रसर होलान् ?’

बाँकेका कृषकको मुख्य बजार नेपालगन्ज हो । यहाँका तरकारी व्यापारीले सिन्डिकेट चलाएका छन् । उनीहरुले सस्तो कहाँ पाईन्छ भन्ने आधारमा तरकारी खरिद गर्दै आएका छन् । नेपालमा भन्दा सस्तो भारतमा पाइने अवस्थामा उनीहरुले उतैबाट आयात गर्छन् । त्यतिबेला नेपाली उत्पादक कृषकहरु मर्कामा पर्दै आएका छन् । तर व्यापारीहरु बाँकेमा सिजनमा धेरै उत्पादन भएका कारण मूल्य कम भएको बताउँछन् । माग भन्दा उत्पादन धेरै भएका कारण कृषक मर्कामा परेको उनीहरु स्वीकार गर्छन् ।

तर नेपालगन्ज भन्सारको तथ्यांकले भने नेपालगन्जका तरकारी व्यापारीहरुले मनग्य मात्रामा भारतबाट टमाटर लगायतका तरकारी आयात गर्दै आएको खुलेको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म रु ४ करोड ५३ लाख ३४ हजार ९ सय मूल्य बराबरको २५ सय ५६ मेट्रिक टन टमाटर आयात भएको छ । बैशाखको पहिलो साता भित्र मात्रै रु ७ लाख ९१ हजार मूल्य बराबरको ४५ हजार किलो टमाटर आयात भएकोे छ र यो त बैध तरिकाले आयात भएको लेखाजोखा मात्रै हो । बिभिन्न चोरी नाका हुँदै नेपालगन्जमा टमाटर कति भित्रिन्छ कति ! त्यसको कुनै हिसावकिताव हुँदैन । यसरी भारतबाट बैध र अबैध तरिकाले टमाटर आयात हुँदा बाँकेमै उत्पादन भएका टमाटर विक्री नभएपछि किसानले खेतमै गाड्न बाध्य हुन ।

यसरी भारतीय तरकारी आयात हुँदा मर्कामा परेका किसानलाई स्थानीय पालिकाले राहतका कार्यक्रम ल्याउनुपर्नेमा समेत आवाज उठ्न थालेको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले टमाटर त्यसै सडेको भन्ने बिषयमा आफ्नो ध्यानार्कषण भएको बताउँदै समस्या समाधानको पहल लिने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?