Butwal Today

राजु गुरुङको अध्यक्षतामा बक्सिङ संघ पुनर्गठन

१४ बैशाख २०८०, बिहीबार
अ+
अ-

बुटवल, १४ वैशाख ।

पुर्व राष्ट्रिय बक्सिङ खेलाडी राजु गुरुङको अध्यक्षतामा १५ सदस्यीय रुपन्देही बक्सिङ संघ पुनर्गठन भएको छ । जसको उपाध्यक्षमा सन्तोष गुरुङ, धन बहादुर गाहा, सचिवमा नारायण सिह क्षेत्री, कोषाध्यक्षमा खिम बहादुर राना, सहकोषाध्यक्षमा तेजेन्द्र गुरुङ, सहसचिवमा नेत्र बहादुर थापा, सदस्य मंगल राई, महिला सदस्य एकु कुमारी गुरुङ, सावित्री बुढामगर, झविलाल थापा, केश बहादुर थापा, अम्मर थापा मगर, राजु रिजाल, रजिन बस्नेत सर्वसम्मत चयन भएका छन् ।

नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य शोभाजंग केसीले कार्यक्रमको उद्घाटन गर्दै बक्सिङ खेल र खेलाडीको हितमा योजनाबद्ध काम गर्न सुझाव दिए । अन्तर्राष्ट्रिय मन्चमा समेत नेपाली खेलाडीहरुको प्रदर्शन उत्कृष्ट भएको दाबी गर्दै खेलको विकासमा लाग्ने गरी आफुहरु अघि बढेको बताए ।

‘स्वस्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारासहित स्थापना भएको खेलकुद संघलाई नया ढंगबाट जगाउने नवनिर्वाचित अध्यक्ष गुरुङले बताए । उमेर समुहका धेरै खेलाडीहरु उत्पादन जिल्लाबाट भएको दाबी गर्दै उनले ब्यावसायिक खेलाडी बनाउन सरकारबाट आवश्यक पहल गर्नुपर्ने बताए । विश्वब्यापी ख्याती कमाएको र शारीरिक रुपमा धेरै परिश्रम गर्नुपर्ने तथा खर्चिलो खेलमा सरकारले आवश्यक लगानी गर्न सके खेल पर्यटनको समेत सम्भावना रहेको उनले दाबी गरे । रुपन्देहीमा २ दर्जन बढी बक्सिङ खेलाडीहरु रहेका उनले बताए ।

कार्यक्रममा जिल्ला खेलकुद संघका उपाध्यक्ष जय बहादुर सुनारले सबै खेललाई एकीकृत रुपमा विकास गर्दै पुर्वाधार विकासमा जोड दिने गरी अघि बढ्ने बताए ।