ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

नेतृत्व लिएपछि सामुदायिक विद्यालयमा भर्ना

विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुने तर आफ्नो छोराछोरी निजीमा पढाउने गरेर अभिभावकको विश्वास जित्न सकिदैन्,उनले भने,त्यो भएर अध्यक्ष हुन वा प्रधानाध्यापक शिक्षकहरुको पनि छोराछोरी सामुदायिक विद्यालयमै पढाउनु पर्छ ।
१४ बैशाख २०८०, बिहीबार
१४ बैशाख २०८०, बिहीबार

नवलपरासी, १४ बैशाख

जिल्लाको रामग्राम नगरपालिका ७ स्थित उत्तम बालहित माविको अध्यक्षमा छनौट भएपछि अध्यक्ष डाक्टर यादवले आफ्ना बालबालिकालाई निजी विद्यालयबाट झिकेर सामुदायिक बिद्यालयमा भर्ना गराएका छन् । स्थानीय निजी विद्यालयमा अध्ययन गर्दै आएका यादवका एक छोरा र छोरी आफु अध्यक्ष भएको विद्यालयमा भर्ना गराएका हुन् ।

आफ्नो सन्तानका लागि लगानी गरी निजी विद्यालयमा पढाउने तर गाउँकै सामुदायिक विद्यालयमा सुधार आउन नसकेको हँुदा विद्यालय ब्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी नगरपालिकाले लगायो । आफ्नो सन्तानका लागि मात्रै नभई समुदायकै हितका लागि विद्यालयमा शैक्षिक सुधारका लागि विद्यालय ब्यवस्थापनमा आएको उनले बताए । त्यसका लागि आफ्ना छोराछोरीको समेत यसै विद्यालयमा भर्ना गराएको उनले जनाए । “विभिन्न पद र ओहदामा बस्ने ब्यक्तिले सामुदायिक विद्यालयमा आफ्ना छोरा छोरीको भर्ना नगराउने, नपढाउने आरोप पनि लाग्ने गरेको छ । तर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ठिक छैन भन्ने गलत प्रचार पनि हुने गरेको छ”,उनले भने, “ती आरोप चिर्न र विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि कसरी काम गराउने ?” दिन रात खटेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि काम गर्ने आफुले संकल्प लिएको उनले बताए ।

“विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुने तर आफ्नो छोराछोरी निजीमा पढाउने गरेर अभिभावकको विश्वास जित्न सकिदैन”,उनले भने, “त्यो भएर अध्यक्ष हुन वा प्रधानाध्यापक, अध्यापकहरुको पनि छोराछोरी सामुदायिक विद्यालयमै पढाउनु पर्छ । आफ्ना छोराछोरी समेत तिनै विद्यालयमा पठन पाठन गरेपछि मात्रै विद्यालयको शैक्षिक गुणस्तरको सुधारका लागि पुरै ध्यान दिएर काम गर्न सक्छन् ।” विगत बर्षमा धेरै सामुदायिक विद्यालयको अध्यक्ष हुने तर आफ्नो छोराछोरीको पठन पाठन निजी स्कुलमा गर्ने गरेका थिए ।

“त्यसले अध्यक्षमाथि प्रश्न उठ्नु स्वभाविक पनि हो”,उनले भने, “आफै विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुने विद्यालयप्रति अध्यक्षकै शैक्षिक गुणस्तर प्रति विश्वास नभएर निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने गरेका छन् ।” ती सबै प्रश्नलाई चिर्नका लागि पनि आफुले निजी विद्यालयबाट आफ्नो छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराएको उनको भनाई थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्षको यो साहसी कदम भएको सो वडाका वडाअध्यक्ष रविन्द्र यादवले जनाए । “अध्यक्षको विद्यालयप्रतिको इमानदारिता पनि हो”,उनले भने, “यस्तो सोच सबै विद्यालयका अध्यक्ष, समितिका सदस्य, प्रधानाध्यापक तथा शिक्षक कर्मचारीका छोरीछोरीलाई पहिला आफैले आफुले पढाउने शिक्षा पद्धती प्रति विश्वास गरेर भर्ना गर्नु पर्छ ।”

“सामुदायिक विद्यालयप्रति अन्य जनसमुदायको भरोसा दिलाउनु पर्छ । बोर्डिङको र निजी विद्यालयको बिरोध गरेर हुँदैन”–उनले थपे, “निजी स्कुल जतिकै अंग्रेजी माध्यम, शिक्षाको गुणस्तर विकास गरी सामुदायिक विद्यालयमा सबैका छोराछोरी पढ्न योग्य विद्यालयको रुपमा विकास गर्नु पर्छ । यसले सबैको भरोसाको विद्यालय सामुदायिक विद्यालय बन्छ ।” नगरपालिकाले पनि आवश्यकता अनुसार लगानी गर्दै आएको उनले बताए । “वडास्तरबाट पनि आवश्यकता अनुसार लगानी गर्छौ । सबै मिलेर काम गरे मात्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुन्छ,आम जनसमुदायको विश्वास जाग्छ”–उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?