ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित
विशेष समाचार

निजी प्रकाशकको पुस्तक : चटरमटर खाने कि स्कुलमा पढ्ने ?

२०८० को शैक्षिक शत्रदेखि लागु भएको कक्षा ५ को पुस्तकमा समेत आठराई प्रकाशनले चलखेल गरेको छ । प्रकाशनले पुरानो पाठ्यक्रमको २९२ मूल्य, १९२ पेज र १८ पाठ रहेको नेपाली पुस्तक बिक्री गरिरहेको छ । पुस्तकमा नयाँ स्वीकृती लिएको पाठ्यक्रम विकास केन्द्रको पत्र र पुस्तकको गाता नयाँ फेरेर झुक्याउने गरी पुस्तक बजारमा पुर्याएको हो ।
१३ बैशाख २०८०, बुधबार
१३ बैशाख २०८०, बुधबार

बुटवल, १३ बैशाख ।

म्याद सकिएर चटरमटर खानका लागि प्रयोग हुने पाना बालवालिकाले पढ्ने पुस्तकको रूपमा एक निजी प्रकाशकले बिक्री गरिरहेको रहस्य खुलेको छ । त्यसरी बिक्री गरेको पुस्तक र सरकारबाट नयाँ स्वीकृती लिएको पुस्तक एकै विद्यालयका एकै कक्षाका विद्यार्थीको हातमा परेपछि यो रहस्य बाहिर आएको हो ।

लामो समयदेखि निजी प्रकाशनको रुपमा काम गर्दै आएको आठराई प्रकाशन प्रालिले त्यसरी काम गरेपछि अहिले शिक्षा मन्त्रालयदेखि विद्यालय हँुदै अभिभावकसम्म यसको चर्चा चुलिएको छ । तर यसको नियमन निकाय पाठ्यक्रम विकास केन्द्र भने छानविनको प्रक्रियामा रहेको भन्दै कार्वाहीमा ढिलाई गरिरहेको छ ।

उक्त प्रकाशन गृहले कक्षा ४, ५ र ७ का साथै अन्य कक्षाका पाठ्यपुस्तकमा सरकारको नियम कानून मिचेको पाठ्यक्रम विकास केन्द्रकै अधिकारीहरु स्वीकार गर्छन् ।

२०८० सालदेखिको नयाँ शैक्षिक सत्रमा कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू गरिएको छ । यससँगै विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आइसकेको छ । तर प्रकाशनले पुरानो पाठ्यक्रम अनुसार तयार भएका पुस्तक समेत बिक्री गर्दै आएका छन् । कक्षा ८ को परीक्षा पालिका स्तरमा हुने हँुदा उक्त कक्षालाई छाडेर अन्य कक्षामा प्रकाशकले पुराना पुस्तक बजारमा ल्याएको स्रोतको भनाई छ ।

कक्षा ४ को नेपाली बिषयको मात्रै कुरा गर्ने हो भने आठराई प्रकाशनले दुई थरी पुस्तक बजारमा ल्याएको छ । जसको एउटा पुस्तकको मूल्य २६५ छ भने अर्को पुस्तकको मूल्य ३१९ छ । उक्त पुस्तकको एउटा पुस्तकमा १७६ पेज, १८ पाठ छ भने अर्को पुस्तकमा २१० पेज, १५ पाठ छ । मूल्य २६५ रहेको पुस्तक पाठ्यक्रम विकास केन्द्रको स्वीकृती सूचीमा रहेको पुस्तक होइन ।

कक्षा ५ को पाठ्यक्रम यो बर्षदेखि नेपाल सरकारले परिवर्तन गरेको पाठ्यक्रम समेत हो । तर आठराई प्रकाशनले २९२ मूल्य, १९२ पेज र १८ पाठ रहेको नेपाली पुस्तक बिक्री गरिरहेको छ । पुस्तकमा नयाँ स्वीकृती लिएको पाठ्यक्रम विकास केन्द्रको पत्र र पुस्तकको गाता नयाँ थपेर ती पुस्तक बजारमा पुर्याएको हो । उक्त प्रकाशनले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृती लिएको कक्षा ५ कै ३३६ मूल्य, २९२ पेज र १५ पाठ रहेको पुस्तक पनि बिक्री गरिरहेको छ ।

ती पुराना पुस्तक विद्यालयमा पठन पाठनका लागि प्रयोग गर्न कानूनले दिंदैन । तसर्थ प्रकाशकले ती पुस्तक चटरमटर खान वा अन्य प्रयोजनका लागि प्रयोग हुने कागजका लागि तौलेर बिक्री गर्नुपर्ने वा नष्ट गर्नुपर्ने हुन्छ । तर ती पुस्तक मूल्य नै तोकेर बिक्री गर्दासमेत नियमन निकायले अहिलेसम्म कार्वाही गरेको छैन । प्रकाशकले चलाखी गरी क्षेत्रगत रुपमा छुट्टयाएर कतै नयाँ पुस्तक मात्रै र कतै पुराना पुस्तक मात्रै पठाउने गरेको भएपनि पुस्तक पसलबाट एक ठाउँबाट अर्को ठाउँमा पुस्तक पुगेपछि एकै विद्यालयको एउटै कक्षासम्म पुगेको थियो । बुटवल क्षेत्रका विद्यालयहरुमा यस्ता पुस्तक छ्यापछ्यापती पाइएका छन् । नेपाल अभिभावक संघ, रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यालयले पुस्तक फरक परेको खबर गरेपछि पुस्तक साट्नका लागि पुस्तक पसलहरुमा चाहार्न परेको गुनासो आएको बताए ।

प्रकाशन गृहले २०८० बैशाखसँगै सुरु भएको नयाँ शैक्षिक सत्रमा पुस्तक यसरी बिक्री गरेको कुरा पाठ्यक्रम विकास केन्द्रले पहिलो हप्ता नै जानकारी पाएको थियो । तर केन्द्रका अधिकारीहरुले भने बजारमा कुरा आएपछि प्रमाणका लागि पुस्तक जम्मा गर्ने काम गरिरहेको जनाएको छ । केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले प्रकाशन गृहले गरेको गल्तीको प्रमाणहरुको संकलन र अध्ययन भइरहेको जानकारी दिए । प्रकाशन गृहलाई के कार्वाही हुन्छ ? कहिले कार्वाही हुन्छ ? भन्ने जिज्ञासमा उनले अध्ययनपछि कार्वाही हुने बताए । “हामीले प्रमाण संकलन गरिरहेका छौं”– महानिर्देशक अर्यालले भने, “गल्तीको अवस्था हेरेर प्रकाशन बन्दसम्मको कार्वाही हुन सक्छ ।” यस बारेमा थप स्पष्ट हुनका लागि प्रकाशन गृहका सञ्चालक हरिशचन्द्र बिष्टलाई पटक पटक फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?