ट्रेंडिंग:

>> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा

नेपालमै पहिलो पटक सामसुङ्ग टेलिभिजनको उत्पादन सुरु

लगानी भित्र्याउन आवश्यक सहजीकरण गर्ने उद्योगमन्त्री रिजालको भनाई
१३ बैशाख २०८०, बुधबार
१३ बैशाख २०८०, बुधबार

सुनवल, १३ बैशाख ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले नेपालमा लगानी मैत्री वातावरण रहेकाले विदेशी लगानी उल्लेख्य रुपमा वृद्धि हुने अपेक्षा व्यक्त गरेका छन् । बुधवार पश्चिम नवलपरासीको रामग्राम ११ मा गोल्छा गु्रपले संञ्चालनमा ल्याएको सामसुङ्ग ब्रान्डको टेलिभिजन उत्पादन प्लान्टको उद्घाटन गर्दे मन्त्री रिजालले स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिना हिचकिचाहट लगानी गर्न आह्वान गरे । सरकारले लगानी भित्र्याउन उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै उनले थप आवश्यक नीतिगत तथा कानुनी प्रबन्ध गरेर लगानी मैत्री र उद्योगमैत्री वतावरण तयार पारिने बताए ।

कार्यक्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले तीन तहका सरकारका बीचमा आवश्यक समन्वय नहुँदा उद्योग धन्दा खोल्न र सञ्चालन गर्न नीतिगत रुपमा समस्या हुने गरेको भन्दै मन्त्री रजालको ध्यानाकर्षण गराएका थिए । रामग्राम नगरपालिका उद्योगमैत्री पालिका रहेको बताउँदै उनले नगरपालिकाले उद्योगधन्दा सहज रुपमा चल्ने वातावरण बनाउन र रोजगार सृजना गर्ने पक्षमा काम गर्न सदैव तयार रहेको बताए । नगर प्रमुख यादवले उद्योगीहरुलाई, उद्योगहरुले सामाजिक हितमा खर्च गर्नुपर्ने रकम पर्याप्त खर्च नगरेको बताउदै नगरपालिका संग सहकार्य गरेर अगाडी बढ्न आग्रह गरे ।

नेपालका लागि कोरियाली राजदुत जोङसोङ पार्कले नेपाल र कोरियाको व्यापार साझेदारीले दुवै देशको व्यापार प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपालले उत्पादनमूलक उद्योग स्थापनामा जोड दिनुपर्ने बताउँदै राजदुत पार्कले त्यसमा कोरिया लगानी गर्न तयार रहेको बताए ।

गोल्छा गु्रपका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र धरासायी बन्दै गएको अवस्थामा सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । .सरकार र निजी क्षेत्र गम्भीर नबने अर्थतन्त्र थप संकट तर्फ उन्मुख हुन सक्ने भन्दै उनले उत्पादनमुलक उद्योग स्थापनामा प्रोत्साहन गर्नुपर्ने बताए ।

शिलान्यास गरेको सात महिनाको अवधिमा परीक्षण उत्पादन सकेर गोल्छा गु्रपले नेपालमै पहिलो पटक सामसुङ्ग टेलिभिजनको एसेम्बल उत्पादन सुरु गरेको हो । ३२ देखि ८५ इन्च सम्मका टेलिभिजन बन्ने सामसुङ्ग प्लान्टको एक पटकमा एक हजार ओटा टेलिभिजन उत्पादन गर्ने क्षमता छ । बजाज मोटरसाईकल लगायत विभिन्न ईलेक्ट्रोनिक समानको उत्पादन गर्दै आएको गोल्छा ग्रुप अन्तर्गतको हुलास अटोक्राफ्टले अहिले सामसुङ्ग टेलिभिजनको पनि उत्पादन सुरु गरेको हो । उक्त प्लान्टको सात महिना पहिले तत्कालीन सञ्चार मन्त्री दिलेन्द्र प्रसाद बढुले शिलान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?