Butwal Today

चितवन २ मा १५ हजार मत गन्न बाँकी, रविले कटाए ४३ हजार मत

१२ बैशाख २०८०, मंगलवार
अ+
अ-

चितवन ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा मत गणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो परिणामअनुसार हालसम्म ६२ हजार ८ सय ८० मत गनिसकिएको छ। चितवन २ मा आइतबार भएको उपनिर्वाचनमा कूल ७८ हजार २ सय ७७ मत खसेको थियो। अब १५ हजार ३ सय ९७ मत मात्र गन्न बाँकी छ।

यस अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने भारी मतान्तकार साथ अगाडि छन्।

ताजा परिणामअनुसार अहिलेसम्म उनले ४४ हजार ४ सय ८६ मत प्राप्त गरेका छन्।

यसपछि नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार २ सय ७५ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार २ सय १७ मत ल्याएका छन्।