ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

सुशासनको प्रत्याभुति हुनसके मात्र लोकतन्त्र सार्थक

१२ बैशाख २०८०, मंगलवार
१२ बैशाख २०८०, मंगलवार

बुटवल, १२ बैशाख ।

सुशासनको प्रत्याभुति हुन सके मात्र लोकतन्त्रको सार्थकता रहने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । नेपालमा लोकतन्त्र प्राप्तीको १७ बर्ष पुगेपनि प्राप्त उपलब्धिहरुको रक्षा हुन नसकेको उल्लेख गरे । लोकतन्त्र १७ औं लोकतन्त्र दिवसको सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले बुटवलमा आयोजना गरेको राष्ट्रिय उत्सव ः लोकतन्त्र दिवस कि जनयुद्ध दिवस ? बिषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्ने बक्ताहरुले सरकारले लोकतन्त्र दिवसमा सार्बजनिक बिदा नदिएकोमा आपत्ती प्रकट गरे ।

नागरिकहरूको प्रवल चाहना शान्ति भएकै कारण २०६२–२०६३ मा जनआन्दबोलनको सफलता पश्चात लोकतन्त्र प्राप्ती भएको र शान्ति समाजले खेलेको भूमिकाको प्रशंसा समेत गरिएको छ । समाजका रुपन्देही सभापति खिमप्रसाद भट्टराइ (कृष्ण)को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय निवर्तमान सभापति गोबिन्द खनालले दलहरुले सही भूमिका खेल्न नसकेको आरोप लगाए ।

उनले ठूला दलहरुकै कारण बितृष्णा फैलिएको उल्लेख गर्दै राष्ट्रिय उत्सव, लोकतन्त्र की जनयुद्ध दिवस भन्ने बारेको विवादलाइ साझा बिन्दुमा ल्याएर टुंगाउनुपर्ने बताए । सो अवसरमा नेपाली कांग्रेस युवा नेता प्रजापाल गिरीले सरकारले लोकतन्त्र दिवसलाइ महत्व नदिएको आभाष भएको बताए । एमाले युवा नेता बाबुराम पन्थीले आजको दिनमा सरकारले सार्बजनिक बिदा दिनुपर्ने धारणा राखे । नेकपाका विरेन्द्र बिकले जनयुद्ध दिवसबारेको गलत ब्याख्या नगर्न सरोकारवालाइ आग्रह गरे । उनले सबैले सबैखाले दिवस मनाउन पाउनुपर्ने उल्लेख गरे ।

शान्ति समाज रुपन्देही शाखा उपसभापति कपिल ज्ञवालीले अवधारणा पत्र प्रस्तुत गर्दै अहिले देखिएका सबैखाले विकृतिहरूलाई अन्त्य गरी राजनीतिलाई विकासमुखी बनाउन र सुशासनको अनुभुति दिनुपर्ने बताए ।

अन्तत्र्रिmया कार्यक्रममा बरिष्ठ पत्रकार तथा राससका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाइले जनयुद्ध वा लोकतन्त्र दुबैको महत्व आ–आफ्नै रहेको तर्क गरे ।

सो अबसरमा पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, प्रेस युनियन रुपन्देही अध्यक्ष रेखा भुसाल, सञ्चारिका समूह रुपन्देही अध्यक्ष निरु गौतम, होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ रुपन्देही अध्यक्ष लेखनाथ भण्डारी, लेखक ऋषि आजाद, अधिकारकर्मी रिता सेन ओली, समाजका सचिव कृष्ण पाण्डे, सदस्य अर्जुन कुवर, सीता पौडेल, प्रकाश भट्राई लगायतले बोलेका थिए । कार्यक्रममा करिब ९० जनाको सहभागिता रहेको थियो । समाजले बर्तमान सरकारले गरेका कतिपय निर्णयहरू राष्ट्र हितमा नभएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?