Butwal Today

एसीसी प्रिमियर कप– आज नेपाल साउदीसँग भिड्दै

११ बैशाख २०८०, सोमबार
अ+
अ-

काठमाडौँ ।

एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो तेस्रो खेलमा घरेलु टोली नेपालले आज सोमबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै छ। माथिल्लो मूलपानी मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ।

नेपाल आजको खेलमा साउदीलाइ हराउँदै सेमिफाइनलमा पुग्न चाहन्छ। उता साउदी पनि उपाधि दाबेदार मानिएको नेपाललाई हराउँदै सेमिफाइनल पुग्ने प्रयासमा छ।

समूह ए मा रहेको नेपाल २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा छ। साउदी भने एक खेलमा जित र एक खेलमा हार भोग्दै २ अंकमा चाैथो स्थानमा छ।

नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनको फराकिलो अन्तरले हराएको थियो।  साउदी भने पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित हुँदा दोस्रो खेलमा कतारलाई ७ विकेटले पाखा लगाएको थियो।