Butwal Today

रुपन्देही क्याम्पसका विद्यार्थीहरुद्वारा स्वास्थ्य शिक्षा कार्यक्रम

११ बैशाख २०८०, सोमबार
अ+
अ-

भैरहवा, ११ बैशाख ।

रुपन्देही क्याम्पसका वि.एड. तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा ओमसतिया गाउँपालिका ९ लोहोरौलीमा मधुमेहको ज्ञान र व्यवहार अध्ययनको नतिजा सार्वजनिकीकरण एवं स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको रोहिणी विद्याश्री आधारभूत विद्यालयका प्रधानाध्यापक विजयमणि त्रिपाठीले उदघाटन गरेका थिए । कार्यक्रममा अनिता थारुले कार्यपत्र पस्तुत गर्दै नेपालमा मधुमेहका विरामीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको हुँदा खानपान तथा जीवनशैलीमा विशेष ध्यान दिनुपर्ने बताइन् । त्यसैगरी रविना चौधरीले आफ्नो कार्यपत्रमा ओमसतिया ३ को ५९ घरधुरीमा गरिएको सर्वेक्षणमा १७ प्रतिशत घरधुरीमा मधुमेहका विरामीहरु रहेको जानकारी दिइन् । उनले मधुमेह रोगको रोकथाम गर्न कार्वोहाइड्रेट कम भएका खानेकुराहरु खानुपर्ने, व्यायाम गर्नुपर्ने र हरियो सागपात तथा फलफुल खानुपर्ने सुझाव समेत प्रस्तुत गरिन् ।

कायृक्रममा उप प्राध्यापक वसन्तमणि पोखरेल, कविताकुमारी चौधरी, सिर्जना थारु, सम्झना मुराऊ लगायतले पनि बोलेका थिए । कार्यक्रममा ४८ जना सहभागी भएका थिए ।