Butwal Today

तनहुँ १ मा ५ हजार नाघ्यो घण्टीको मत, रुखसँगको मतान्तर २७ सय

११ बैशाख २०८०, सोमबार
अ+
अ-

काठमाडौँ ।

तनहुँ क्षेत्र नम्बर १ मा जारी उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मत ५ हजार नाघेको छ। ९ हजार २५७ मत गनेर सकिँदा रास्वपाका स्वर्णिम वाग्लेले ५ हजार १९ मत प्राप्त गरेका छन्। यो नेपाली कांग्रेसका गोविन्द भट्टराईले पाएको मत भन्दा करिब २७ सय बढी हो।

अहिलेसम्म रुखले २ हजार ३५१ मत पाएको छ।

गोविन्दलाई पछ्याइरहेका नेकपा एमालेका सर्वेन्द्र खनालले १ हजार ५४९ मत ल्याएका छन्।