ट्रेंडिंग:

>> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी

बुटवल उद्योग वाणिज्य संघद्वारा घरभाडामा १५ प्रतिशत छुट

११ बैशाख २०८०, सोमबार
११ बैशाख २०८०, सोमबार

बुटवल, ११ बैशाख ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघको संगमपथमा रहेको भवनमा व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई १५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरेको छ । संघको सोमबार बुटवलमा बसेको कार्यसमिति बैठकले करार अनुसार बृद्धि गर्नुपर्ने भाडा नबढाउने र चलनचल्तीको भाडामा १५ प्रतिशत छुट गर्ने निर्णय गरेको हो ।

गएको चैत १ गतेदेखि लागु हुनेगरी १५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरिएको महासचिव बिमलराज भट्टराईले जानकारी गराए । कोरोना महामारी लगायतका कारण व्यवसायी समस्यामा परेपछि संघले विगत तीन वर्षदेखि करार अनुसार बृद्धि गर्नुपर्ने भाडा दर समेत बृद्धि नगरी यथावत रुपमा लिँदै आएको थियो ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले बैंकको व्याजदरमा भएको बृद्धि तथा अर्थतन्त्रमा आएको गिरावटको कारण व्यवसायीहरुलाई समस्या भएको र व्यापार व्यवसायलाई बचाउनको लागि लिँदै आएको घरभाडामा केही छुट गरेर राहत दिनको लागि पनि घरधनीहरुलाई आग्रह गरिएको छ ।

बैठकले संघको सचिवालय भवन तथा सभाहल मर्मत सम्भारको लागि सचिव मुक्ति अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यमा कार्यसमिति सदस्यहरु नरेशकुमार श्रेष्ठ, दीपक चापागाई, काशीराम पौडेल र जमुना पौडेल रहेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ६ मा रहेको संघको सचिवालय भवन तथा सभाहल प्रदेश स्थापनासंगै प्रदेश सभाको सचिवालय तथा प्रदेश सभा सञ्चालनको लागि प्रदान गरिएको थियो । प्रदेश सभा स्थायी राजधानी दाङमा स्थानान्तरण भएसंगै गत चैतको २६ गते प्रदेश सभा सचिवालयले संघको भवन तथा सभाहल फिर्ता हस्तान्तरण गरेको थियो ।

बैठकमा बोल्दै संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कसजूले उद्योगी व्यवसायीका समस्या समाधानको लागि महासंघबाट पहलको थालनी भएको बताउँदै खस्किँदो अर्थतन्त्र विस्तारै सुधार हुँदै जाने विश्वास व्यक्त गरे । उनले यस क्षेत्रको जल्दोबल्दो समस्याको रुपमा रहेको खुल्ला सिमानाका, बैंकको चर्को व्याजदर घटाउन, अर्थतन्त्र सुधार, जसका कारण उत्पन्न भएको घरबहाल व्यवस्थापन तथा अख्तियारले निजी क्षेत्रमा समेत हेर्न पाउने गरी भएको व्यवस्था सुधारको लागि संघ र महासंघबाट समेत नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बैठकमा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पुर्व अध्यक्षहरु अर्जुनमान सैंजू, निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठले बैंक तथा वित्तिय संस्थामा भएको व्याजदर बृद्धि, खस्किँदो अर्थतन्त्र, खुला सिमानाका लगायतका कारण यस क्षेत्रका कतिपय व्यवसायहरु बन्द भईसकेको र रहेका पनि पलायन हुने स्थितीमा रहेकाले ती उद्योगी व्यवसायीलाई कसरी टिकाई रहन सकिन्छ त्यसतर्फ गम्भिर हुनुपर्ने भनाई राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?