ट्रेंडिंग:

>> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी
विचार

उद्योग व्यवसायमा आगलागीको जोखिम

१० बैशाख २०८०, आइतबार
१० बैशाख २०८०, आइतबार

बुटवलमा संचालनमा आएको साल नै भाटभटेनी सुपर मार्केटमा आगलागी भयो । विद्युत सर्ट भएर भएको आगलागीमा ठूलै नोक्सान भएको अनुमान थियो । २०७५ साल फाल्गुनमा बुटवलको मुख्य व्यापारिक स्थल अमरपथमा रहेको एक फेन्सी पसलमा विद्युत सर्ट हुँदा लागेको आगोले गर्दा एक करोडभन्दा बढीको क्षति भयो । दमकल, सेना, प्रहरी र स्थानीय वासिन्दाको प्रयासले आगो फैलिन नपाउँदा अन्य पसलहरु भने आगलागीबाट जोगिए । २०७७ सालमा दियालो फुडल्याण्डमा आगलागी भयो । २०७८ साल माघे सक्रान्तिको अवसर पारेर उदघाटन गर्न ठिक्क पारिएको बुटवलको प्लान बि डिस्कोमा पुष मसान्तको दिउँसो भिषण आगलागी भयो । दिउँसोको समयमा आगलागी भएको र दमकल नजिक पुगेपनि साँघुरो गल्लीमा डिस्को भएकोले गर्दा आगलागी नियन्त्रण हुन सकेन । मानिसहरुले हेर्दाहेर्दैै डिस्कोका भौतिक संरचनाहरु जलेर नष्ट भए र आगलागीमा ८ करोड भन्दा बढीको नोक्सान भयो । २०७८ फाल्गुणमै पारी बुटवलको एक रेस्टुरामा आगलागी हुँदा व्यवसायीले ६० लाख भन्दा बढीको क्षति बेहोर्नुप¥यो । पछिल्ला ३ वर्षका समाचारहरुलाई अध्ययन गर्दा बुटवल र छेउछाउमा रहेका विभिन्न किसिमका उद्योग व्यवसायिक प्रतिष्ठानमा ३० लाख भन्दा बढी क्षति पु¥याएका ५० भन्दा बढी आगलागीका घटनाहरु भएको देखिन्छ । साना पसल र उद्योगहरुमा भएको तथा कम क्षति भएका आगलागीलाई गणना गर्ने हो भने यो संख्या १०० को हाराहारीमा पुग्छ ।

नेपालमा औद्योगीकरणको शुरुवात भएको ९ दशक भैसकेपनि औद्योगीकरणको गति निकै सुस्त छ । यति हँुदाहुँदै पनि २०७८ फाल्गुन मसान्तसम्म नेपालमा उद्योग विभागमा ८ हजार ६५६ उद्योग दर्ता भएका छन् र यी मध्ये ३२४३ वटा उत्पादनमुलक उद्योगहरु रहेका छन् ( आर्थिक सर्वेक्षण २०७८÷७९) । त्यसैगरी घरेलु तथा साना उद्योग विभाग र समिति अन्तर्गत देशभर करिब ५ लाख ५५ हजार ७७६ उद्योगहरु दर्ता भएका छन् । औद्योगिक विकास सुस्त भएपनि नेपालमा साना ठूला व्यापारिक प्रतिष्ठानहरुको संख्या तीव्रदरमा वृद्धि भैरहेको छ । आर्थिक गणना २०७५ अनुसार देशभर ९ लाख २२ हजार ४४५ वटा ब्यवसायिक ईकाईहरु संचालित भएको देखिन्छ । सबै नगरपालिकाहरू र नगरोन्ंमुख क्षेत्रमा विभिन्न किसिमका व्यापारिक प्रतिष्ठानहरु वर्षेनी थपिदै गएका छन् । औद्योगिक र व्यापारिक प्रतिष्ठानहरु थपिदै गैरहँदा नेपालमा ति प्रतिष्ठानमा हुने आगलागी समेत वर्षेनी बढ्दै गैरहेको देखिन्छ ।

बुटवलमा पछिल्ला वर्षमा व्यवसायिक क्षेत्रमा भएका सबै आगलागीहरुमा विद्युत नै जिम्मेवार भएको देखिन्छ । विद्युत भोल्टेजमा हुने उतार चढाव, यान्त्रिक गडबडी र विद्युत चुहावटको कारणले आकस्मिक रुपले हुने आगलागीबाट उद्योग र पसलहरु आगलागीको जोखिममा परेको देखिन्छ । भोल्टेजमा हुने परिवर्तनले उपकरण र तारहरु जल्ने, विद्युतबाट चल्ने उपकरणहरु विग्रिएको वा विद्युत भोल्टेज थेग्न नसक्ने हुदा मेशिनहरु जल्ने, कमसल तार तथा कमजोर वायरिङको कारणले सर्किटमा गडबडी भएर तार र बोर्ड जल्ने जस्ता कारणले अधिकांश व्यावसायिक प्रतिष्ठानमा आगलागी भैरहेको छ । यसबाहेक इन्धन दहन गर्ने भट्टी, बोइलर र ड्रायरको आगो छेउछाउमा फैलिदा समेत आगलागी भैरहेको छ ।

अधिकांश पसलहरुमा रातीको समयमा आगलागी हुने गरेको छ । यसो हुनुमा मानवीय कमजोरी नै मुख्य जिम्मेवार भएको देखिन्छ । पसल बन्द गर्ने बेलामा विजुली नहुँदा विद्युतीय उपकरणहरु बन्द नगरि हिड्ने प्रवृति धेरै व्यापारीहरुमा छ । यसरि खुला राखिएका उपकरणमा रातीको समयमा एक्कासी उच्च भोल्टेजमा विद्युत प्रवाह हुँदा आगो लाग्ने गरेको छ । त्यसैगरी लोडसेडिङ्गको बेलामा बालिएका मैनबत्ती, मच्छर धपाउन बालिएका धुपहरु निभाउन बिर्सदापनि त्यस्ता वस्तुबाट विस्तारै छेउछाउका वस्तुमा आगो सल्कँदा पसलमा आगलागी हुने गरेको पाइन्छ । पेट्रोल, ग्याँस, बारुद जस्ता प्रज्वलनशील पदार्थहरु भण्डारण र विक्री गर्ने प्रतिष्ठानहरुमा सामान्य आगोको झिल्का र चट्याङबाट समेत आगलागी हुने गरेको छ, तर यस्तो आगलागी अतिकम मात्रामा भएको देखिन्छ ।

बुटवल र शहरी क्षेत्रमा रहेका उद्योग व्यवसायमा सामान्य आगलागी हुँदा पनि ठूलो क्षति हुने गरेको देखिन्छ । यसो हुनुमा उद्योग, ब्यवसाय संचालन भएको स्थानले पनि ठूलो भूमिका खेलेको देखिन्छ । उद्योग, होटेल, रेस्टुरेन्टहरु साँघुरा वस्तीभित्र समेत संचालन भएका छन् । साँघुरा गल्ली वा सडक छिचोल्दै ती स्थानमा पुग्नुपर्छ । कुनै कारणवस आगलागी भएमा आगो निभाउनका लागि दमकल वा आपतकालीन उद्धारको लागि यातायातका साधन त्यहाँ पुग्दैनन् । गतवर्ष मिलनचोकको डिस्कोमा आगो नियन्त्रण गर्न नसक्नुको मुख्य कारण यहि नै थियो । शहरभित्र संचालित पसलहरु पनि साँघुरो कोठा र जोडिएका ठाउँमा छन्, जहाँ एउटा पसलमा हुने गल्तीले अर्को पसलमा सजिलै आगलागी हुन र आगो फैलिन सक्छ । उद्योग क्षेत्रमा प्रसस्त हरियाली र पानीका श्रोतहरु भएमा पनि आगलागीको क्षति कम गर्न सकिन्छ.तर यहाँ संचालित उद्योग परिसरमा हरियाली र पानीका पोखरीहरु देख्नै पाईदैन, जसले गर्दा आगलागी नियन्त्रण गर्न कठिन हुन्छ र क्षति बढी हुने गरेको छ ।

व्यापारिक पसलहरुमा तुलनात्मक रुपले आगलागीको जोखिम कम हुने भएपनि उद्योगमा यस्तो जोखिम व्याप्त रहेको हुन्छ । व्यावसायिक क्षेत्रमा हुने आगलागीले उद्योगका मेशिनहरु, कच्चापदार्थ, उत्पादित पदार्थ र भौतिक संरचनामा मात्र नभई मानव संसाधनमा समेत अपूरणीय क्षति पु¥याउन सक्ने भएकोले व्यवसायिक प्रतिष्ठानमा आगलागीको जोखिम न्यूनीकरणलाइ औद्योगिक ऐन र श्रम ऐनले अपरिहार्य कार्य मानेको पाइन्छ । आगलागी हुन नदिने किसिमले भौतिक संरचना तयार पार्ने, उपकरणलाई दुरुस्त राख्ने, विद्युत सर्किटमा गुणस्तरीय सामाग्रीहरुको प्रयोग गर्ने, आगो टिप्ने वस्तुहरुलाई विद्युत स्पार्क हुने सम्भावित ठाउँभन्दा टाढा राख्ने व्यवस्था व्यवसायिक प्रतिष्ठानहरुले गर्नु आवश्यक मानिन्छ । ग्याँस, पेट्रोलियम पदार्थ, प्लास्टिक, बारुद जस्ता प्रज्ज्वलनशील पदार्थ हुने उद्योग र व्यापारिक प्रतिष्ठानहरुले अनिवार्य रुपमा आगलागीको सूचना दिने अटोमेटिक यन्त्र र आगो निभाउने आधुनिक उपकरणहरुलाई सधै तम्तयार अवस्थामा राखेमा आगलागी भैहालेमा तत्कालै नियन्त्रण गरि क्षति न्यूनीकरण गर्न सकिन्छ । औद्योगिक व्यवसाय ऐन २०७६ को दफा २४ ले उद्योगले जोखिम व्यवस्थापन र सुरक्षामा गरेको लगानीलाई करकट्टीमा सुविधा प्रदान गर्ने व्यवस्था गरेकोले अग्नि जोखिम व्यवस्थापन प्रणाली जडान गर्दा उद्योगलाई थप आर्थिक भार समेत पर्दैन । व्यवसायी र सरकारी निकाय मिलेर विशेष दक्षतायुक्त औद्योगिक अग्नि नियन्त्रकको व्यवस्था गर्ने हो भने आगलागी पछिको क्षतिलाई घटाउन सकिन्छ ।

उद्योग व्यवसायमा अहिलेसम्म अरबौ रुपैयाँ लगानी भएको छ तर अग्नि नियन्त्रणका सामान्य सावधानीहरु नअपनाउँदा वर्षेनी धनजनको अपुरणीय क्षति हुने गरेको छ । व्यवसायिक क्षेत्रमा हुने आगलागीले व्यवसायीले मात्र नभएर समाजले नै ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । सामान्य सावधानी र पूर्वतयारी गरेर ठूलो लगानीका आफ्ना पसल, उद्योग, भौतिक सामग्री र प्रतिष्ठा नष्ट हुनबाट जोगाउन सकिने भएकोले अग्नि जोखिम व्यवस्थापनमा व्यवसायीहरुले विशेष ध्यान दिनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?