ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

रोटरीको बैठकमा कर सम्बन्धी जानकारी

९ बैशाख २०८०, शनिबार
९ बैशाख २०८०, शनिबार

बुटवल, ९ बैशाख ।

रोटरी क्लव अफ बुटवलको १४ सय ५८ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकको एजेण्डा गेष्ट स्पीकर रहेको थियो ।

बैठकमा गेष्ट स्पीकरको रुपमा सहभागी आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख ध्रुव पोखरेलले कर प्रणाली, कर छली हुने अवस्था, राजश्व सम्बन्धी नीति, करका विभिन्न प्रकारहरुका बारेमा प्रकाश पारेका थिए ।

त्यस्तै उनले करदाता र राजश्वका कर्मचारीहरुबीच सिधा सम्पर्क स्थापित नहुँदा बेलाबेलामा उद्योगी व्यवसायी तथा अन्य करदाताहरुले बिचौलियाका कारण समस्याहरु भोग्नु परिरहेको भन्दै अव सिधा सम्पर्क स्थापित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

कतिपय अवस्थामा नजानेर पनि व्यवसायीहरु कर सम्बन्धी समस्यामा पर्ने गरेको र अन्जानवश पनि कर छली हुने गरेका घटनाहरु हुने गरेको भन्दै उनले यसतर्फ सबैले सचेतना अपनाउन आवश्यक रहेको बताए । उनले विदेश जाने विद्यार्थीका नाममा ठूलो कारोबार देखाउने परिपाटी पनि पछिल्ला दिनमा मौलाउँदै गएको भन्दै यसले पछि गएर स्वयं व्यक्ति नै समस्यामा पर्न सक्ने खतरा औंल्याए ।

क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा भएको कार्यक्रममा रोटरीयनहरु कृष्ण पराजुली, टिकाराम न्यौपाने, हरि पौडेललगायतले कर सम्बन्धी विभिन्न जिज्ञासा एवं सुझाव दिएका थिए । त्यस्तै बैठकमा क्लवका सचिव लालहरि पाण्डेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए भने रोटरीयनहरु गोविन्द खनाल, छविन्द्र भट्टराई, विन्ध्याकेशर जोशी, संगीता अर्याललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा राष्ट्रपतिबाट विभुषित रोटरी क्लब अफ बुटवलका पुर्व अध्यक्ष निर्मल प्रसाद लाकौल, कोषाध्यक्ष जिवकान्त काफ्ले र बेष्ट प्रिन्सिपल अवार्ड प्राप्त गर्न सफल दीप बोर्डिङ हाइस्कुलका प्राचार्य टिकाराम न्यौपानेलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?