ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

दाङमा मह उत्पादन घट्दै, चरनको अभावले उत्पादनमा कमी

६ बैशाख २०८०, बुधबार
६ बैशाख २०८०, बुधबार

दाङ, ६ वैशाख ।

दाङमा पछिल्ला वर्षहरुमा मह उत्पादनमा कमी आएको छ । मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण मह उत्पादनमा गिरावट आएको बताइएको छ ।

विगत २० वर्षदेखि दाङमा मौरीपालन व्यावसाय गर्दै आएका मौरीपालक महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठले मह उत्पादनको श्रोतमा कमी आईरहेको बताए । ‘पछिल्ला वर्षहरुमा जग्गा प्लटिङ बढेको, फूल फुल्ने रुख कटान हुने गरेको तथा प्राकृतिक समस्याले उत्पादनमा चुनौति थपिएको छ’ उनले भने, ‘पर्याप्त श्रोत पुर्याउन मौरीलाई मनपर्ने बिरुवा रोप्नुपर्ने बेला भएको छ । मौरीपालनका लागि सबैभन्दा महत्वपूर्ण कुरा उनीहरुको श्रोतको विकास हुनुपर्छ ।’ श्रेष्ठसँग अहिले पनि १ सय ५० घार मौरी छन् । तर, पछिल्लो दुई वर्षयता बजारमा आएको बाहिरी महले उपभोक्तामा नकारात्मक असर गरेकाले उत्पादित महको बजारीकरणमा पनि समस्या हुने गरेको उनको भनाइ छ । ‘भारतीय महसँग प्रतिष्पर्धा गर्न गाह्रो छ । गुणस्तर नचिनेर मह खाने परिपाटीले शुद्ध मह बिक्रीमा समस्या छ । पहाडी क्षेत्रमा उत्पादन हुने मह आफैमा अर्गानिक हो’ उनले भने, ‘कुनै पनि शुद्ध मह जम्छ । तर, प्रचारप्रसार गर्दा तरल प्रकारको मह देखाउँदा उपभोक्तामा भ्रम परेको छ , भ्रम हटाउन सरकारले विशेष भूमिका खेल्न जरुरी छ ।’

उनले मौरी चरनको लागि बाहिरी तराईका जिल्लामा जाने गरेको बताए । तर यो पटक लामो समय मौरी चरनका लागि लैजानुपर्ने बाध्यता आईलाग्यो । यो वर्ष तीन सय टन मह उत्पादन हुँदा गत वर्ष ४ सय ५० टन मह उत्पादन भएको थियो । ‘यो पटक धेरै कारणले समस्या भयो, असोजको पानीले चिउरी फुलेन । चैतको पानीले सिसौको फूल बिगा¥यो । हिउँदमा पानी नै परेन । गोभी तोरी भएन । अनि कहाँबाट मह उत्पादन हुनु ?’ उनले भने, ‘मौरीका लागि चरन समस्या हुँदा यो पटक नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, प्युठान र चितवनसम्म लामो समय राख्नुप¥यो ।’

तुलसीपुर ६ मोतीपुरका चेतमान भण्डारीसंग दुइ सय छ घार मौरी छन् । पछिल्लो समय भारतीय बजारबाट आएको कम गुणस्तरको महका कारण यहाँका मौरीपालक किसान मारमा परेको उनले बताए ।

मौरीपालनमा लाग्ने खर्चको अनुपातमा लगानी उठाउन निकै संघर्ष गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ । ‘उत्पादन अनुसार मुल्य छैन । मैले २० वर्षदेखि मौरीपालन गर्दै आएको छु, हिजोको जस्तो आजको बजार सहज छैन । उनले भने, ‘मूल समस्या त बाहिरी देशको कमसल महका कारण स्थानीय महले बजार पाउन समस्या भएको छ । मौरी माईग्रेसन, कृत्रिम आहारा, औषधि उपचारमा खर्च सबै जोड्न थाल्ने हो भने लगानी नै नउठ्ला भन्ने अवस्था छ । अब यहाँको महलाई ब्रान्डिङ गर्नुको विकल्प छैन ।’

घोराही –१६ सर्राका हनि प्रोडक्सनका संचालक एवम् मौरीपालक महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रामहरि शर्माले मौरीपालनमा जोखिम बढ्दै गएको बताए ।

‘मौसम प्रतिकुलताले मह उत्पादनमा समस्या भयो त्यसका बाबजुद मौरीलाई जोगाई राख्न पनि उत्तिकै समस्या बढ्दै गएको छ’ उनले भने, ‘लागत अनुपातमा आम्दानी कमजोर बन्दै गएकोले मेहनत नै नउठ्ने होकी भन्ने चिन्ता बढाएको छ ।’ दाङको घोराही क्षेत्रमा चिउरीको पुष्परस र तुलसीपुर क्षेत्रबाट तोरीको पुष्परसबाट मह उत्पादन धेरै हुने गरेको छ । नेपाल मौरीपालक महासंघ दाङका अनुसार मह उत्पादन घटे पनि मौरीको घार र कृषकको संख्यामा कमी नआएको महासंघले जनाएको छ ।

यो वर्ष जिल्लामा करिब ३ सय टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब चार सय पचास टन मह उत्पादन भएको थियो । ६६ प्रतिशत मह उत्पादनमा गिरावट आएपनि किसानले मौरीपालनलाई निरन्तरता दिँदै आएका छन् । पछिल्ला वर्षहरुमा वायु प्रदूषण र जथाभावी बोटबिरुवा मासिदै जाँदा त्यसको असर मह उत्पादनमा समेत देखिएको छ । दाङमा आधुनिक एपिस मेलिफेरा, स्थानीय एपिस सेरेना, खागोलगायत जातका मौरीपालन हुने गरेको छ । माहुरी पालक महासंघ जिल्ला शाखा दाङमा १ सय ५० कृषक सूचिकृत छन् भने साना ठूला गरी ५ सय बढी कृषक रहेको अनुमान छ ।

शत प्रतिशत शुद्ध मह घरमा थन्किएको छ । बजारमा अनाधिकृत महलाई विभिन्न नाममा बजारीकरण हुने गरेको भएपनि स्थानीय महले बजार पाउन निकै संघर्ष गर्नुपर्ने अवस्था रहेको कृषकको भनाई छ ।

गत वर्ष किसानले उत्पादन गरेको १० टन मह अझै बिकेको छैन । यो वर्ष पनि १ सय टन मह बिक्री भएको छैन । ३ सयदेखि पाँच सय प्रतिकिलोमा बिक्री हुँदै आएको दाङको मह निकै गुणस्तरयुक्त मानिन्छ । सबै राम्रो भएमा एउटा घारबाट दश किलोग्राम भन्दा बढी मह उत्पादन हुने गर्दछ । लागत अनुसार आम्दानी हुने अवस्था नभएपछि घाटा खाएर भएपनि बेच्नुपर्ने बाध्यता आई लागेको मौरीपालक किसान बताउँछन् ।

कृषि बाली उत्पादनमा गरिने श्रम र लागतको तुलनामा मौरीपालनमा धेरै मेहनत गर्न नपर्ने, सजिलै आम्दानी हुने र घरखर्च चलाउन सहज हुने भएपछि यो पेशामा किसानको आकर्षण हुने गरेको थियो । दाङमा करिव ६ करोड बराबरको लगानीमा मौरी व्यवसाय रहेको अनुमान छ । सबै कुराले साथ दिएमा मौरीपालक किसानले मौरीको घार, मह बेचेर राम्रो आम्दानी गर्ने गरेका थिए । पछिल्लो समय त्यसमा पनि कमी आएको किसान बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?