Butwal Today

मानव बेचविखन गरेको आरोपमा एकजना पक्राउ

६ बैशाख २०८०, बुधबार
अ+
अ-

दाङ, ६ वैशाख ।

लमही नगरपालिका–५ का ४४ वर्षीय नुमाराज भुसाललाई १९ र २० वर्र्षीया महिलालाई वेचविखन गरेको आरोपमा वडा प्रहरी कार्यालय लमहीले पक्राउ गरेको छ ।

लमहीमा विएण्डवी होटेल संचालन गरेर बसेका भुसालले कामको खोजीमा आएका दुई जना महिलालाई विभिन्न प्रलोभन देखाई ४ महिनादेखि ग्राहकसँग शारीरिक सम्वन्ध गर्न लगाएको भन्दै पीडितहरुले वडा प्रहरी कार्यालय लमहीमा उजुरी दिएका थिए । उनीहरुलाई २०७९ मंसिरदेखि चैत २७ गतेसम्म यस्तो काममा लगाएको पीडितले उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई पक्राउ गरी महिलालाई वेचविखन गरेको आरोपमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।