ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित
नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो अधिवेशन बुटवलमा हुने

निः शुल्क रगत सबैको अधिकार

५ बैशाख २०८०, मंगलवार
५ बैशाख २०८०, मंगलवार

बुटवल, ५ बैशाख ।

‘रक्तदान–मानव जीवनमा अतुलनीय, अनुकरणिय काम’ नारासहित नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो अधिवेशन बुटवलमा हुने भएको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी बैशाख १६ र १७ गते दुई दिन समाजको केन्द्रीय अधिवेशन हुने केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले बताए । लुम्बिनी प्रदेश बुद्धजन्मस्थल र शान्तिका रुपमा रहेको भन्दै उनले रक्तदान अभियानमा जुटेका अभियन्ताहरुको केन्द्रिय अधिवेसन महत्वपूर्ण हुने बताए ।

हालसम्म १ सय ७३ पटक रक्तदान गरेका कर्माचार्य शताब्दी रक्तादाताका रुपमा परिचित छन । आफ्नो अनुवाईमा रक्तदान अभियानका स्वयंसेवीहरु जोडेर संस्था स्थापना गरेको उनले बताए । संस्थागत रुपमा उठाएका मुद्दाहरु सरकारबाट सम्बोधन गराउन सहज र सफल हुने उनको दाबी छ । रगतको समस्याको विषयमा धेरै कठिनाई पार गर्दै अहिलेको अवस्थामा पुगेको उनले बताए । धेरै प्रदेश सरकारसंगै संघीय सरकार माझ रगतको वर्तमान अवस्था र समस्याबारे जानकारी दिने काम भएको उनले दाबी गर्दै थप दबाबका कार्यक्रम चलाउदै आएको बताए । रक्तदाताहरुले निशुल्क रगतको मूल्य बिचौलियाहरुबाट बिल काटेर बेच्ने काम भैरहेको उनले दाबी गरे । एकलौटी रुपमा नेपाल रेडक्रस सोसाइटीबाट रगत ब्यवस्थापन भईरहेको भन्दै सरकारबाट २५ बेडसम्मका अस्पतालले ब्लड बैक खोल्न पाउने भनिएपनि त्यो अघि बढ्न सकेको छैन ।

कार्यक्रममा रुपन्देही शाखाको अध्यक्ष तथा अधिवेशन संयोजक कृष्ण चौहान क्षेत्रीले नमुना जिल्लाको पहिचान बनाएको रुपन्देहीमा केन्द्रीय अधिवेशनको तयारी भईरहेको बताए । प्रत्येक शनिबार नियमित रक्तदान अभियान मार्फत १ सय २१ पटक आयोजना गरी २५ हजार युनिट रगत संकलन गर्न सफल भएको उनले बताए । रक्तदाताबाट निःशुल्क रगतको बिरामीले मुल्य तिर्नुपर्ने अवस्थाको अन्त्यका लागि अभियान चलाएर धेरै स्थानीय, प्रदेशमा सफल भएको उनले दाबी गरे । ‘सबैले निःशुल्क पाउने गरी अभियान थालेको छ ।’–उनले भने । यसका लागि स्वयंसेवी रक्तदाताहरुको अगुवाईमा ब्लड बैक खोल्न अभियानलाई अघि बढाएको उनले बताए ।

समाजका केन्द्रीय उपाध्यक्ष ध्रुव थपलियाले आफनो परिवारको साथ सहयोयमा अहिलेसम्म १ सय १० पटक रक्तदान गरेका बताए । सामाजिक कार्यमा अग्रसर हुन परिवारको साथसहयोग महत्वपूर्ण हुने भन्दै उनले ब्यक्तिको सोच सकारात्मक बन्न सकेमात्र आम नागरिकको पिडा कम हुने बताए । संघिय सरकारबाट रगतको निशुल्क गराउन दबाब दिने गरि अभियान थाल्नुपर्ने भन्दै २५ करोड वर्षमा बजेट बिनियोजन गरे देशमै रगत निःशुल्क हुने तर्क दिए । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्रले एक पोका रगतमा २ सय ८७ रुपैया खर्च गरेर ९ सय ७५ रुपैया बिरामीसंग लिने गरेको उनले दुःखेसो गरे ।
अधिवेशनमा ३४ जिल्लाबाट ९० जना सहभागी हुने छ । समाजको ३४ जिल्ला शाखा, नगरपालिका, गाउपालिका, वडा ईकाई गरी ७७ वटा गठन भएर सेवामा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?