ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
दुध किसान पिडामा

बक्यौता लिन ब्यवसायीको पसलमा धर्ना

४ बैशाख २०८०, सोमबार
४ बैशाख २०८०, सोमबार

बुटवल, ४ बैशाख ।

सैनामैना नगरपालिका–१०, सालझण्डीका सुरेन्द्र रेग्मी १० वटा गाई÷भैसी पालेका छन् । दैनिक बिहान÷साँझ गरी ३५ लिटर दुध उत्पादन गर्ने उनी घरायसी उपभोगबाट बचेको सहकारीमा दिने गर्छन् । दुध बेचेरै थोरै थोरै संकलन भएको रकमबाट उनले घर चलाउँथे । पछिल्लो ४ महिनादेखि उनको आम्दानी रोकिएको छ । सहकारीमा जम्मा भएको रकम लिन जाँदा दुध बिक्रीको रकम नउठेको जानकारी पाएको उनी बताउँछन् । ‘सहकारीमा भएको ६० हजार रुपैयाँ बचत रकम पाउन सकेन’– उनले भने ।

यता सैनामैना–११, पिपलडाँडाका पदम सापकोटा पनि सहकारीमा संकलन भएको दुधको रकम नपाउँदा पिडामा छन । ३ वटा गाईबाट उत्पादन भएको १५ लिटर दुधमध्ये घरायसी उपभोगबाट बचेको सहकारीमा बेच्ने गर्थे । ‘करीब २५ हजार दुध बिक्री र मासिक बचतमा रहेका २ वर्षदेखिको रकम छ’– उनले भने । घरायसी समस्या र आवश्यकताको बेलाकै लागि जम्मा गरेको पैसा पाउन नसकेको उनको दुःखेसो छ ।

यता सैनामैनाकै पृथ्वी पौडेल आफनो २५ हजार रुपैया भन्दा बढी दुध बिक्रीको रकम सहकारीबाट पाउन नसकेको दुःखेसो गरे । करीब एक वर्षभन्दा बढी समयदेखि बक्यौता रहन थालेको उनले बताए । ब्यवसायीहरुको कारण संस्थाका किसानहरुलाई समस्यामा परेको उपाध्यक्ष टेक नारायण रेग्मीले बताए । लामोसमयदेखि चेक बाउन्स भएपछि आफुहरु किसानको साथ लिएर धर्ना र आन्दोलनमा उत्रेको उनले बताए ।

यसैबीच सालझण्डी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २५ लाख रुपैयाँ बढी बक्यौता रकम उठाउन पदाधिकारी र किसानहरुले ब्यवसायीको पसलमा धर्ना दिएका छन् । सोमबार बक्यौता रहेका बुटवलको कस्तुरी मिष्ठान भण्डार प्रालि र पाठक डेरी एण्ड बेकरिजमा धर्ना दिएका हुन् । २०७९ साल मंसिर महिनादेखि संस्थालाई उक्त ब्यवसायीहरुले क्रमशः पाठक डेरीबाट ११ लाख ६० हजार ६ सय ९२ रुपैयाँ तथा कस्तुरी मिष्ठानबाट १३ लाख ७० हजार ४ सय ९८ रुपैयाँ गरी कुल २५ लाख ३१ हजार १ सय ९० रुपैयाँ रकम बक्यौता रहेको संस्थाका उपाध्यक्ष टेक नारायण रेग्मीले बताए । ब्यवसायीहरुले रकम नदिदा किसान समस्यामा परेपछि धर्नामा आएको उनले बताए । दैनिक हिउँदमा ५ हजार देखि ५५ सय लिटर दुध तथा सुख्खा सिजनमा २५ देखि ३० हजार लिटर दुध संकलन हुने गरेको छ । सहकारीमा ४ सय २० जना दुध किसान सदस्य छन् ।

यता कस्तुरीका संचालक टेकनारायण पराजुली भने दुई वर्षअघि लकडाउनको बेला दुध खरिदको रकमको विषय अहिले बिबादमा ल्याईएको बताए । दुध विक्री नभएर पिडामा रहेका किसानहरुको खरिद गरेको दुधको पैसा तिर्न ढिलाई भएको उनले स्वीकारे । पोहोर सालको कारोबारको रकम थोरैथोरै घटाउँदै लग्दै गरेको भएपनि कारोबार घटेको बेला धर्ना गरेर संस्थाबाट गलत गरिएको दुःखेसो गरे । पछिल्लो समय दुध कम हुने सिजन शुरु भएसंगै वाणगंगाबाट दुध ल्याउन लागेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?