ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

१६ वर्ष मुनिको पुरुष छनोट क्रिकेटमा दाङको जीत

३ बैशाख २०८०, आइतबार
३ बैशाख २०८०, आइतबार

दाङ, ३ वैशाख ।

लुम्बिनी प्रदेशस्तरीय १६ वर्ष मुनिको पुरुष छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएकोे खेलमा दाङ ७ विकेटले विजयी भएको छ । रूपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रतियोगितामा दाङले बर्दियालाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

१ सय १४ रनको विजयी लक्ष्य पछ्याएको दाङलाई सहज जीत दिलाउन आशिष ओलीले अविजित ५९ रनको योगदान दिए । दाङले उक्त लक्ष्य २४ दशमलव ४ ओभरमा पूरा गर्यो । ७६ बल सामना गरेका आशिषले ९ चौकाको मद्दतमा उत्कृष्ट खेल पस्केका हुन् । प्रतियोगितामा ओली प्लेयर अफ द म्याच भए । यसैगरी, अमिश सेन्चुरीले १२, आकाश चौधरीले ५ , शिशिर डाँगीले २१ तथा अंकित बिएमले अविजित १ रनमा रहँदा दाङले १६ रन अतिरिक्त पाएको थियो ।

बर्दियाका लागि सर्वज्ञ रेग्मीले २ र त्रभिष जोशीले १ विकेट लिएपनि अरु बलरले विकेट लिन सकेनन् । दाङले २८ रनको स्कोरमा खेलिरहँदा पहिलो विकेटका रुपमा अमिश सेन्चुरीलाई गुमाएको थियो । यसैगरी, ६७ रनको अवस्थामा रहेको बेला दोश्रो विकेटका रुपमा आकाश चौधरीलाई गुमाउँदा तेश्रो विकेट १ सय ९ रनको अवस्थामा शिशिर डाँगीलाई गुमाए पनि दबाबरहित खेल खेल्दै दाङ विजयी भएको हो । ३० ओभरमा खेलाईएको खेलमा दाङको टीमले उत्कृष्ट लयका साथ खेलको सुरुवात गरेको टीम प्रशिक्षक सन्जु केसीले जानकारी दिए ।

यसअघि बर्दियाले पहिलो पावर प्लेको चौथो ओभरमै पहिलो विकेटका रुपमा ओपनर केशव बिष्टलाई शुन्य रनमा गुमाएको थियो । त्यो बेला बर्दियाको स्कोर ९ रन बनेको थियो । लगातार विकेट पतन व्यहोरेको बर्दियाका लागि त्रभिष जोशीले ३१ रन, हेमन्त आचार्यले २१ रन, सौरभ शाहले १६ रन र अर्पन पौडेलले १२ रन बनाउनु बाहेक अरु ब्याटरले दोहोर अंक बनाउन सकेनन् । बरदान बिक, नितेष न्यौपाने रन बिहीन भए ।

सर्वज्ञ रेग्मीले १, अभिषेक सिंह राठौरले ८, सोलुप चौधरीले २ र रजनीश यादवले १ रनको योगदान दिँदा बर्दियाले २१ रन अतिरिक्त पाउँदै १ सय १३ रनको योगफल बनाएको थियो । २७ दशमलव २ ओभरमा बर्दियालाई अल आउट गर्न दाङका करण जिएमले ३ तथा सुजल वली, सन्तोष केसी र सन्दीप भुलले समान २–२ विकेट हात पारे । अजय कुमार रोका क्षेत्रीको नाममा एक विकेट रह्यो ।

बैशाख १ देखि ६ गतेसम्म संचालन हुने प्रतियोगितामा दाङले ५ गते(पर्सी) बाँकेसँग खेल्नेछ । प्रदेश स्तरीय प्रतियोगिताबाट एसीसी प्रतियोगिताका लागि टीम छनोट हुने लुम्बिनी प्रदेश खेलाडी छनोट समिति संयोजक कैलाश रोकाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?