ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

बालिकामाथि भएको जबरजस्ती करणीमा संलग्नलाई कारबाहीको माग

३ बैशाख २०८०, आइतबार
३ बैशाख २०८०, आइतबार

दाङ, ३ वैशाख ।

दाङको शान्तिनगर गाउँपालिकामा एसईई दिईरहेकी बालिकामाथि भएको जबरजस्ती करणीको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुन अनुसार कारवाही गरी पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न नेकपा एमालेसहित भातृ संगठनले माग गरेको छ ।

अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी उपाध्यक्ष मेनका पोख्रेलको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको टोलीले दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यमार्फत आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरवार काठमाडौलाई घटनाका बारेमा गम्भीर ध्यानाकर्षण गराएको छ ।

पेश गरिएको ज्ञापन पत्रमा २०७९ साल चैत २० गतेका दिन एसईई दिइरहेकी शान्तिनगर गाउँपालिका वडा नम्बर ६ शिवशक्ति मावि धनौरीमा अध्ययनरत १६ वर्षीया बालिकालाई सोही विद्यालयका शिक्षक खुमानन्द पौडेलले जबरजस्ती करणी गरेको र हालसम्म पक्राउ समेत नभएकाले दोषीलाई तत्काल पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पीडितलाई उचित क्षतिपूर्तीको व्यवस्था गर्न जोडदार माग गरेको छ ।

सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक दृष्टिकोणले महत्वपूर्ण जिल्लाका रुपमा दाङ चिनिने भए पनि समाजमा रहेको विभेद, अन्याय अत्याचार, शोषण दमन, उत्पीडन, विकृती, विसंगतीको अन्त्य र समतामुलक समाज निर्माण चुनौती रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

समाजको सकारात्मक रुपान्तरणको पक्षमा निरन्तर लागिरहँदा पनि समुन्नत, सुसंस्कृत एवं कानुनी राज्य निर्माणको कोशिस भईरहँदा समाजले सोचे जस्तो न्यायमूलक सामाजिक वातावरण निर्माण हुन नसेको तथ्यले घटनाहरु हुने गरेको तर्फ ध्यानाकर्षण गराईएको छ ।

दाङमा पछिल्लो समयमा घटेका घटनाक्रमले सभ्य समाजलाई कुरुप कलंकित र लज्जित बनाएको स्मरण गराउँदै यस प्रकारका घटनाक्रमलाई सबैले गम्भिरतापूर्वक नियाल्दै दोषीलाई कानुनको दायरामा ल्याउन पहलकदमी आवश्यक रहेको ज्ञापन पत्रमा उल्लेख छ । यसैगरी, यस वर्षको खेतीको समय सुरु हुन लाग्दा समेत रासायनिक मलको चरम अभाव देखा परेकाले आम किसानहरुलाई सर्वसुलभ तरिकाले रासायनिक मल उपलब्ध गराउन पनि सम्बन्धित निकायसँग माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले घटनाका विषयमा अनुसन्धानको प्रकृया अघि बढेको र दोषीको खोजी कार्य जारी रहेको जानकारी गराउँदै प्राप्त ज्ञापन पत्र तत्काल केन्द्रमा पठाउने बताए । ज्ञापन पत्र बुझाउन अनेमसंघकी केन्द्रीय उपाध्यक्ष पोख्रेलसहित नेकपा एमाले केन्द्रीय कमिटी सदस्य दीपा शर्मा, अनेम संघ केन्द्रीय सदस्य तुलसा केसी, नेकपा एमाले जिल्ला कमिटी दाङका सचिव मनोहर बुढाथोकी, अनेमसंघ दाङकी अध्यक्ष हुमा डिसी, उपाध्यक्ष लक्ष्मी शर्मा, अनेम संघकी क्षेत्र संयोजक तुलसा पोख्रेल, सदस्य सरस्वती खत्री, नेकपा एमाले घोराही नगर उपाध्यक्ष तारा पुरीलगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?