ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

दाङमा पाठ्यपुस्तक केही सहज

३ बैशाख २०८०, आइतबार
३ बैशाख २०८०, आइतबार

दाङ, ३ वैशाख ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि चाहिने पाठ्यपुस्तक दाङमा सहज रुपमा पाइन थालेको छ । चैत अन्तिमबाट पाठ्यपुस्तक जिल्ला आउन शुरु गरेको दाङ देउखुरी पुस्तक तथा स्टेशनरी व्यवसायी समितिका अध्यक्ष शंकर शर्माले जानकारी दिए । उनका अनुसार, बैशाख ३ गते (आज) बाट यो वर्षको शैक्षिक सत्र सुरु हुन लागेका बेलामा कक्षा १ देखि ५ सम्मका लागि केही विषय बाहेक अधिकांश पुस्तक जिल्लामा आईपुगेको छ ।

जिल्लाका सबै सामुदायिक विद्यालयहरुका लागि घोराही क्षेत्रमा हिमाल बुक्स एण्ड स्टेशनरीबाट, तुलसीपुरमा डाँगी स्टेशनरीबाट, नारायणपुर क्षेत्रमा प्रतिभा पुस्तकबाट र लमही क्षेत्रमा छायाँछवि पुस्तक डिपोबाट पुस्तक बिक्री भईरहेको छ ।

अध्यक्ष शर्माले कक्षा ५ सम्मका विद्यार्थीका लागि करिव ५० प्रतिशत पुस्तक जिल्लामा आईपुगेको बताए । उनका अनुसार, कक्षा ४ र ५ को पुरै सेट किताव जिल्लामा आई पुगेको भएपनि कक्षा १ को ४ वटा पुस्तक पुस्तकमध्ये अंग्रेजी आएको छैन । कक्षा २ को ४ पुस्तकमध्ये सेरोफेरो पुस्तक आईपुगेको छैन । यसैगरी, कक्षा ३ को ४ किताब मध्ये हालसम्म गणित र सामाजिक विषयको पुस्तक आईपुगेको छैन ।

कक्षा ६ देखि १० सम्मको पुस्तक पनि अझै जिल्लामा आईपुगेको छैन । पुस्तक व्यवसायी समितिका अनुसार, कक्षा ६ देखि १० सम्मका लागि आज आइतबार नेपालगंजबाट जिल्लाका लागि पुस्तक आउने भएको छ । ‘कक्षा ६, ७, ८, ९ र १० को आइतबार किताब आउने भएको छ’, अध्यक्ष शर्माले भने, ‘कोटा प्रणालीका आधारमा पुस्तक वितरण हुने गरेको छ । पहिले पहाडी क्षेत्रमा पुस्तक पठाईएको छ, अब सुगम जिल्लामा पुस्तक पठाउने तयारी भएअनुसार दाङको पालो आएको हो । जिल्लामा विगत वर्षमा भन्दा यो पटक केही सहज रुपमा पुस्तक पाईन्छ की भन्ने अपेक्षा हो तर अझै भन्न सकिने अवस्था छैन ।’

पुस्तक आलोपालो प्रणालीमा वितरण गर्नुपर्ने अवस्था रहेकाले एकै पटक सहज रुपमा पुस्तक पठाउन समस्या रहेको उनले बताए । सामुदायिक विद्यालयका लागि जनक शिक्षा तथा सामग्री केन्द्रले पुस्तक प्रकाशन गर्ने हुँदा सबै कक्षाको पुस्तक छपाईमा पनि ढिलाई भएको पुस्तक व्यवासायीको भनाई छ ।

हिमाल बुक्स एण्ड स्टेशनरी घोराहीका संचालक प्रेम डाँगीले यो वर्ष कक्षा ५, ८ र १० को ऐच्छिक विषय बाहेक सबै पुस्तकको पाठ्यक्रम परिवर्तन भएपछि नयाँ पुस्तक आउन ढिलाई हुने भएको बताए । ‘पाठ्यक्रम नै परिवर्तन भएको बेलामा समय मै पुस्तक छपाई गर्नुपर्ने भएपनि अहिलेसम्म पुस्तक छपाई नहुनुले समयमा विद्यार्थीको हातमा पुस्तक पुग्नेमा यो वर्ष पनि शंका छ’, उनले भने, ‘प्रकाशन गृहमा बुझ्दा छपाईका लागि समय लाग्ने जवाफ आउने गरेको छ ।’

हालसम्मको अवस्था अनुसार दाङमा सामुदायिक विद्यालयका लागि तल्लो कक्षाबाट पुस्तक आउन सुरु गरेको छ । सामुदायिक विद्यालयमा अंग्रेजी, सामाजिक र नेपाली साविककै लागू हुने भएपनि अंग्रेजी माध्यमको कन्भरसेसन कितावहरु ५ देखि १० कक्षासम्मको अवस्थाका बारेमा जनक शिक्षा सामग्रीले चासो लिएको छैन । जिल्लामा सबै विद्यालयको संख्या ६ सय ३० बढी रहेको तथ्यांक छ ।

संस्थागत विद्यालयहरुका लागि पनि विभिन्न प्रकाशनका पुस्तक बजारमा आईपुगेको बताईएको छ । यद्यपि, संस्थागत विद्यालयहरुले कुन प्रकाशनको पुस्तक यो वर्ष लगाउने भन्ने टुंगो लगाई नसकेकाले पुस्तक बिक्री हुन नसकेको बताईएको छ । आजबाट जिल्लामा शैक्षिक सत्र शुरु हुन लागेकाले यसको पनि टुंगो लाग्ने पुस्तक व्यवसायीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?