Butwal Today

दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुइको मृत्यु, चार घाईते

२ बैशाख २०८०, शनिबार
अ+
अ-

दाङ, २ वैशाख ।

दाङमा शनिवार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १२ का १८ वर्षका वसन्त केसी र बंगलाचुली गाउँपालिका ६ लापेकी ३० वर्षकी यमी घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजनकुमार गौतमले जानकारी दिएका छन् ।

केसीको घोराही–तुलसीपुर सडकखण्डको नारायणपुरमा रा १ ख ३१२६ नम्बरको बसले सडकमा हिंडिरहेका बेला ठक्कर दिँदा मुत्यु भएको हो । भने घर्तीको घोराही–लमही सडक खण्डमा ना ४ ख ६९५० नम्बरको मिनी बस मसोट खोला घुम्तीमा दुर्घटना हुँदा मुत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार मृतकको ५ वर्षीय छोरी आहाना घर्ती मगर, प्यूठानको ऐरावती गाउँपालिका वडा नम्बर २ निवासी सरस्वती आचार्य, लमही नगरपालिका वडा नम्बर ५ निवासी ५ वर्षीय सुरज बस्नेत घाइते भएका छन् । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै बसका चालकलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।