ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

नयाँ वर्षमा पौवाको सांगेतिक कार्यक्रम

१ बैशाख २०८०, शुक्रबार
१ बैशाख २०८०, शुक्रबार

बुटवल, १ बैशाख ।

नेपाली नयाँवर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले होटल पौवाले आफ्ना २ वटा शाखामा नयाँवर्ष विशेष साँगीतिक कार्यक्रम सम्पन्न गरेको छ । पौवाको भैरहवा र बुटवल शाखामा विशेष नयाँ वर्ष शुभारम्भ साँझ गरेर पौवाले नेपाली नयाँवर्षलाई स्वागत गरेको हो ।

भैरहवामा आयोजित शुभारम्भ २०८० साँझमा आधुनिक संगीतका चर्चित कलाकार शिव परियार र प्रकश दुतराजले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए । शिव परियारले धोकेवाज हौ तिमी, धोकेबाज हौ तिमी‘..गाउँदा कार्यक्रममा उपस्थित दर्शकहरुले गरेको हुटिङले महौल तताएको थियो । उनले पिउँदिन भन्दा भन्दै पिलायो साथीले‘., सुन्छु तिमिले मलाई छाड्नै आँटेकी छेउरे‘.., आँसुको अर्थ‘, बाटो मोडेर‘ तिम्रै निम्ती सहितका गीत प्रस्तुत गरेका थिए भने प्रकाश दुतराजले घर त कता हो बैनीको‘., जाम भो माईली रेलैमा‘., चोली मैलै भो‘, मन भुल्छ‘.., बैनी झ्यालैमा लगायतका गीत प्रस्तुत गरेका थिए ।

यता बुटवलको कार्यक्रममा चर्चित क्लासिकल गायिका कुन्ति मोक्तानले पहाडकी छोरी हुँ म भीरमा पनि‘., खुट्टा तान्दै गर‘, चोली राम्रो पाल्पाली ढाकाको‘, सुनकै भाउ छ सुन्तोला बारिको सहित दर्जन बढी गीत प्रस्तुत गरेकी थिइन् । बुटवलमा राजनराज शिवाकोटीले सुर्के थैली.. कुटुमा कुटु सुपारी दाना‘, चरि च्याट्ट दारी‘.लगायतका गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गायक अख्तर अली सहित स्थानीय कलाकारहरुबाट नेपाली कला र संस्कृतिमा आधारित नृत्यहरु प्रस्तुत गरेका थिए । भैरहवामा कार्यक्रमको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तयाक अहमद खानले र बुटवलको कार्यक्रम तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले पानसमा दिप प्रज्वलन गरेर शुभारम्भ गरेका थिए । मध्यराती १२ बजे आतिसबाजी सहित नयाँवर्षलाई स्वागत गरिएको थियो ।

नेपाली हस्पिटालिटीको आरम्भ गरेको दाबी गरेको पौवाले नेपाली नयाँवर्ष मनाउने आफ्नो अतिथि तथा ग्राहकहरुलाई लक्षित गर्दै नेपाली नयाँवर्ष शुभारम्भ साँझ कार्यक्रम गरिएको पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले बताए ।

पौवाले नेपालमा मनाइने हरेक चाडपर्वहरुलाई विशेष अवसर बनाएर ग्राहकहरुलाई रिती अनुसारको परिकार पस्किँदै आएको छ । पौवाका नेपालभर ११ वटा शाखा संचालनमा रहेका छन् भने आजबाट काठमाडौंमा १२ औ शाखाले सेवा दिन सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?