Butwal Today

उद्योग वाणिज्य महासंघ चुनाव : संघई बाहिरिए, अन्जान र उमेशबीच पुन: भिडन्त

३० चैत्र २०७९, बिहीबार
अ+
अ-

काठमाडौँ ।

उद्योग वाणिज्य महासङ्घको चुनाव दोस्रो चरणमा धकेलिएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत नल्याउँदा दोस्रो चरणको मतदान हुने भएको हो ।

महासङ्घको निर्वाचन समितिका अनुसार दोस्रो चरणको चुनावमा अन्जान श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः भिडन्त हुने भएको हो । अन्जान श्रेष्ठले सबैभन्दा धेरै मतभार पाएका छन् भने उमेशलाल श्रेष्ठले दोस्रो धेरै मतभार पाएका छन् ।

तेस्रो धेरै मतभार पाउने रामचन्द्र संघई पहिलो चरणबाटै बाहिरिएका हुन् । महासङ्घको इतिहासमै पहिलोपटक दोस्रो चरणको मतदान हुने भएको हो ।२०२२ सालमा स्थापना भएको महासङ्घको अहिलेसम्मको इतिहासमा दोस्रो चरणमा कहिल्यै मतदान भएको छैन । महासङ्घको निर्वचनले दिएको जानकारीअनुसार अन्जान श्रेष्ठले कुल ३७.९९ प्रतिशत मतभार पाएका छन् । यस्तै उमेशलाल श्रेष्ठले कुल ३१.५१ मतभार र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मतभार पाएका छन् ।

दोस्रो चरणको मतदान २ घण्टापछि सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।