Butwal Today

उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्र ढकाल, गोल्छाले गराए शपथग्रहण

३० चैत्र २०७९, बिहीबार
अ+
अ-

काठमाडौँ ।

चन्द्र ढकाल आधिकारिक रुपमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित भएका छन्।  महासंघको ५७औँ वार्षिक साधारणसभा र निर्वाचन सकिएलगत्तै अध्यक्ष शेखर गोल्छाले ढकाललाई पद हस्तान्तरण गरेका हुन्।

सोसँगै गोल्छासँग ढकालले अध्यक्षको पद तथा गोपनीयताका शपथ लिएका छन्। शपथपछि महासंघको अध्यक्षमा चन्द्र ढकालले आजबाट औपचारिक जिम्मेवारी लिएका छन्।