ट्रेंडिंग:

>> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो

सरावल गाँउपालिकाद्वारा उद्योगलाई स्व–अनुगमन प्रतिवेदन पेश गर्न ताकेता

३० चैत्र २०७९, बिहीबार
३० चैत्र २०७९, बिहीबार

सुनवल, ३० चैत ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पालिका भित्र सञ्चालनमा आएका उद्योगलाई अनुगमन प्रतिवेदन पेश गर्न ताकेता गरेको छ । वातावरणीय दृष्टिकोणले संवेदनशील उद्योग तथा आयोजनाले अनिवार्य रुपमा आगामी वैशाख ३० गते भित्र स्वअनुगमन प्रतिवेदन पेश गर्न निर्देशन दिईएको हो । उद्योगले अर्धबार्षिक स्वअनुगमन प्रतिवेदन पेश गर्नुपर्नेमा नगरेको पाइएकोले यही वैशाख ३० गते भित्र सो प्रतिवेदन पेश गर्न सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले बताए ।

प्रत्येक नगरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकलाई प्रभावकारी बनाउन सरावल गाउँपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०७७ जारी गरेको र सोही कार्यविधिमा उद्योग तथा आयोजनाले अर्धबार्षिक स्वअनुगमन प्रतिवेदन पेश गर्नु पर्ने प्रवाधान रहेको पौडेलले बताए । जिल्लामा उद्योग कलकारखानाबाट उत्सर्जन भएको हानीकारक धुवाँ र फोहोरपानीले वरपरको बस्तीमा उच्च जोखिम सिर्जना गरेको छ । नेपाल सरकारले स्थानीय तहलाई अनुगमनकारी निकायको रुपमा अधिकार दिएता पनि स्थानीय तहले कडाइका साथ नियमन गर्न नसक्दा उद्योगको मनपरी बढ्दै गएको छ ।

औद्योगिक फोहोर पानी र धुवाँले पश्चिम नवलपरासीका अधिकांश बस्तीहरु औद्योगिक क्षेत्र जस्तो देखिन थालेपछि सरवाल गाउँपालिकाले यस क्षेत्रमै पहिलो पटक उद्योगलाई स्वअनुगमन प्रतिवेदन पेश गर्न ताकेता गरेको हो । स्वअनुगमन प्रतिवेदनमा उद्योगले उत्सर्जन गर्ने हानीकारक धुवाँको गुणस्तर, फोहोर पानीको गुणस्तर, कामदारले पिउने पानीको गुणस्तर, ध्वनीको तह र आईईई प्रतिवेदनमा लेखेका कुराहरु पालना भए नभएको कुरा समावेश हुन्छ । प्रस्तावकले पेश गरेको स्वअनुगमन प्रतिवेदन उपर शंका उत्पन्न भएको खण्डमा गाउँपालिका स्वयंले अनुगमन गर्न सक्ने कानुनी प्रावधान रहेको छ । पालिकाले स्थानिय तहको निति नियमलाई पालना नगर्ने र अटेरी गरेको पाईएपछि समयावधि तोकेर उद्योगलाई ताकेता गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?