ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे
अन्तर स्थानीय तहस्तरीय घुम्ती बैठक

बबई करिडोर अघि बढाउन पहल

३० चैत्र २०७९, बिहीबार
३० चैत्र २०७९, बिहीबार

दाङ, ३० चैत ।

जिल्ला समन्वय समिति दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको व्यवस्थापनमा बुधबार घुम्ती बैठक बसेको हो । बैठकले दाङको बबई नदीलाई व्यवस्थित बनाउन बबई करिडोर अघि बढाउन संघीय सरकार समक्ष पहल गर्ने निर्णय गरेको छ । घोराही उपमहानगरपालिकाको वडा नम्बर १ स्थित बबई नदीको उद्गम स्थलदेखि बबई गाउँपालिकाको अन्तिम सीमा क्षेत्रसम्म वर्षाको समयमा वर्षेनी नदीजन्य विपदले पुर्याउँदै आएको क्षति कम गर्दै बबई करिडोरका रुपमा व्यवस्थापन गर्ने अन्तर स्थानीय तह स्तरीय घुम्ती बैठकले निर्णय गरेको हो ।

यसैगरी, दाङको महाभारत क्षेत्रमा रहेका बस्तीको वैज्ञानिक व्यवस्थापन गर्न सम्भाव्यता अध्ययनको काम अघि बढाउने निर्णय गरेको छ । महाभारत चुरे क्षेत्रमा रहेका गाउँबस्तीमा वर्षेनी जंगली जनावरले क्षति पुर्याउने काम गर्दै आएकाले बस्ती स्थानान्तरण गरेर वा वन क्षेत्र संरक्षण गरेर मानवीय क्षति कम गर्ने गरी पर्यावरण संरक्षणलगायतको काम अघि बढाउन सम्बन्धित निकायमा पहल गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ । बैठकमा सरकारी कार्यालयमा सूर्तीजन्य पदार्थ निषेधको निर्णय पनि गरिएको छ ।

बैठकमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले बबई कोरिडोर, महाभारत क्षेत्रका बस्तीको वैज्ञानिक व्यवस्थापन र पर्यावरण संरक्षणका विषय स्थानीय सरकारको साझा सरोकारको विषय भएको बताए । उनले भने, ‘प्राकृतिक श्रोत सधानको वैज्ञानिक व्यवस्थापन हुन निकै जरुरी छ, यसका लागि जिल्ला समन्वय समितिले अघि सारेका प्रस्ताव प्रति घोराहीको समर्थन छ । पालिकाले गर्नुपर्ने काम कर्तव्य र अधिकारलाई सही ढंगले गर्न सबै पालिकाको समन्वयमा एजेन्डा बनाएर जान जरुरी छ ।’

महाभारत चुरे क्षेत्रमा रहेका बस्ती विभिन्न कारणले जोखिममा रहेको हुँदा त्यहाँको विकास निर्माण, सामाजिक आर्थिक विकासमा पनि असर गरेको छ । अर्कोतिर गरिएको लगानीको लाभ उठ्न सक्ने अवस्था छैन । उनले भने, ‘उपमहानगरपालिकाभित्र रहेको थुप्रै विकट बस्तीलाई वैज्ञानिक व्यवस्थापन गर्न अब पहल हुन जरुरी छ । थोरै बजेटले विकास नहुने, गरिएको लगानीले नपुग्ने अनि अरु कारणले समस्या आईरहने अवस्था छ, अब यो विषयमा सबैले सोँच्नुपर्ने छ ।’

बस्ती सुरक्षित बनाउन र लागत घटाउन वन कार्यालय, सरोकार कार्यालय र निकायसँग समन्वय गरी काम गर्न सकिने बताए । उनले जिल्लाको समग्र विकासका लागि दाङमा भरपर्दो विमानस्थल अति जरुरी रहेको औँल्याए । यसका लागि स्तरीय विमानस्थल बनाउन सबैको चासो हुुनुपर्नेमा जोड दिए । ‘तुलसीपुरको विमानस्थल बन्छ भने त्यही बनाऔँ, बन्दैन भने विकल्प खोजेर अर्को बनाउन ध्यान दिनतर्फ लागौँ । दाङमा राम्रो विमानस्थल बनाउन सबैको साझा प्रतिवद्धता चाहिएको छ’ उनले भने ‘यसै पनि दाङ प्रदेशको राजधानी हो, चाहे दाङ क्षेत्रमा बनोस् चाहे देउखुरी क्षेत्रमा बनोस् स्तरीय विमानस्थल बन्नैपर्छ । अनि मात्रै आर्थिक विकासका क्षेत्र चलायमान हुन्छन् । यसका लागि कोही बाधन बन्नु हुँदैन ।’

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले महाभारत संरक्षणका लागि जलाधार क्षेत्र विकाससँगै बनाउन सकिने कुरा निकै सकारात्मक रहेको बताए । पालिकाको प्रसंग उठाउँदै उनले तत्कालीन जिल्ला विकास समितिले स्थापना गरेको महिला तथा घरेलु सिल्पकला समिति स्थानीय तहमा हस्तान्तरण हुन नसकेको बताए । उनले भने, ‘जिविसले बनाएको संरचना स्थानीय तहमा आउनु पथ्र्यो आएको छैन, अरु संरचना पालिकामा गए तर यो हस्तान्तरण हुन सकेन ।’

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्रस्ताव गरिएको विषय साझा समस्याका रुपमा भएको हुँदा गम्भीरतापूर्वक काम गर्न सुुझाव दिए । उनले भने ‘यहाँ विपदका घटना भईरहन्छन् पहाडमा पहिरो, तराईमा डुबान छ । दाङमा बाह्रै महिना विभिन्न खालका विपदको समस्या रहेको हुँदा यसतर्फ पनि चासो दिन आग्रह गरे । यसमा समयमै पूर्व तयारीमा जुट्नु पर्छ होला । अहिले जिल्लाको प्रमुख समस्याका रुपमा फोर लेन सडकलाई देखाईने गरिएको भएपनि विकास पूर्वाधारका अरु अधुरा योजनामा पनि स्थानीय पालिकाको ध्यान जानुपर्ने बताए । यसैगरी, नदीजन्य बस्तुको दोहनमा निकै लापरवाही भएको उनले टिप्पणी गरे । ‘स्थलगत रुपमा अनुगमनमा जाँदा नदीजन्य पदार्थमा बेथिति बढेको छ । चोरेर लान पाईन्छ भने किन ठेक्का लिने भन्ने मानसिकता बढेको छ । यसमा कडाइ गरौँ’ उनले भने ‘ठेक्का लगाएको ठाउँमा पनि सिमा नतोकीदिने परिपाटीले समस्या छ । व्यवस्थापन गर्न सके स्थानीय तहले व्यवस्थित रुपमा काम गर्न सक्छ ।’

लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले लमही नगरपालिकाको प्रमुख टाउको दुखाईको विषय नै अहिले नदीजन्य पदार्थको चोरी भएको बताइन् । नदीजन्य पदार्थको अनियन्त्रित रुपमा बढेको चोरीले निकै समस्या भएको छ । उनले भनिन्, ‘दिउँसोको समयमा अनुगमन रोकथामको प्रयास हुन्छ तर राति सम्भव हुन सकेको छैन । यसैको लाभ उठाउन गिरोह सक्रिय छ । चोरी गर्न पाए पछि ठेक्का पनि लागेको छैन । पालिकाको राजश्वमा निकै असर गरेको छ । राजश्व उठ्न सकेको छैन ।’

राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले संरक्षण गरिएको वनको स्थानीय नागरिकले सही उपयोग गर्न नपाएको गुनासो गरिन् । वन ऐनलाई खुकुलो बनाउँदै उचित रुपमा प्रयोग गर्न दिने वातावरण बनाउन आग्रह गरिन् । बाहिरको काठ, आल्मुनियम प्रयोग गरेर अनावश्यक खर्चको भार थोपर्ने भन्दा समुदायले वर्षौदेखि जोगाएर राखेको वनबाट निस्कने काठको उचित प्रयोग गर्ने वातावरण बनाउन सकेमा वनपैदावारको चोरी निकासी पनि नियन्त्रण हुने बताइन् ।

दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बबई नदीले पालिकाबासीलाई समस्या गरेको बताए । उनले पालिकासँग छोएको बाँके राष्ट्रिय निकुञ्जले वडाबासी समस्यामा थपेको हुँदा बस्ती स्थानान्तरण गर्न सकिने विषयमा सहजीकरण गर्न जिससलाई आग्रह गरे । उनले नदीजन्य पदार्थको ठेक्का लाग्न नसक्दा राजश्वमा गिरावट आएको बताए ।

बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले राष्ट्रिय निकुञ्ज क्षेत्रका बस्ती विकास र आधारभूत सेवा थप गर्न सक्ने अवस्था नरहेको बताए । पालिकाबासीका समस्या धेरै आउने तर समाधानको प्रयास थाल्दा अनेकन बाधा अवरोध आउने परिपाटीले समस्या भएको बताए ।

राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवले नदी कटानको समस्या बढ्दै गएको बताइन् । ‘खहरे खोला, नदीले राजपुरमा समस्या भएको छ वर्षेनी भईरहने कटानको समस्याबाट पालिकाबासी समस्यामा छन् । तै पनि कोशिस जारी राखेका छौँ । अर्कोतर्फ नदीजन्य पदार्थको अवैध दोहनले निकै सताएको छ’ उनले भनिन्, ‘पालिकामा रहेको नेसंविको १२ विगाहा जग्गाको भोग चलन र आयस्तामा समस्या छ । भोगचलन गर्ने तर तिरो नतिर्ने गर्दा राजश्व चुहावट हुने गरेको छ ।’

बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले चुनढुंगा ढुवानी गर्न टिपरले समस्या भएकाको वैकल्पिक मार्गको बारेमा ध्यान दिन अपिल गरे । शान्तिनगर गाउँपालिका उपाध्यक्ष प्रेमा बुढाथोकीले स्थानीय सरकारको आयको श्रोत कमजोर बन्दै गएको बताइन् । ‘राजश्व घटेको छ । कार्य संचालन कसरी अघि बढाउने भन्ने चिन्ता बढेको छ’ उनले भनिन् । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो । स्थानीय तहबीचको अन्तर स्थानीय तह स्तरीय घुम्ती बैठक अब अर्को महिना बंगलाचुली गाउँपालिकामा बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?