Butwal Today

उद्योग वाणिज्य महासंघ एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी

३० चैत्र २०७९, बिहीबार
अ+
अ-

काठमाडौँ ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको जारी मतगणनामा एसोसिएटतर्फ उपाध्यक्ष पदमा ज्योत्स्ना श्रेष्ठ विजयी भएकी छन्। भर्खरै प्राप्त नतिजाअनुसार ८४६ मत ल्याउँदै श्रेष्ठ एसोसिएट उपाध्यक्ष चुनिएकी हुन्। उनका प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत ल्याएका छन्।

एसोसिएटतर्फ १ हजार ७ सय ५० मतदाता थिए। भरत आचार्य अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको  संयुक्त उम्मेदवार हुन्। विजयी ज्योत्स्ना श्रेष्ठ रामचन्द्र संघाई प्यानलकी उम्मेदवार  हुन्।