ट्रेंडिंग:

>> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते
मुख्य समाचार

लघुवित्त वित्तीय संस्था विरुद्ध पाल्पामा आन्दोलन

२९ चैत्र २०७९, बुधबार
२९ चैत्र २०७९, बुधबार

पाल्पा  चैत– लघुवित्तिय संस्थाविरुद्ध पाल्पामा पनि आन्दोलन चर्किएको छ । लघुवित्त वित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै देशभर आन्दोलन भइरहेका बेला पाल्पामा पनि आन्दोलन चर्किएको हो ।
लघुवित्त वित्तीय संस्थाहरूले आफूहरूलाई पीडा दिँदा समेत सरकार मौन रहेको भन्दै लघुवित्त पीडितहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले संघर्ष समिति बनाएर सरकारलाई दवाब दिने गरी आन्दोलनमा उत्रिएका छन् । चैत २१ गतेदेखि शान्तिपूर्ण धर्नामा बस्दै आएका पाल्पाका लघुवित्त पीडितहरू सोमबारदेखि भने प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सरकारले आफ्नो आवाज नसुनेको भन्दै चर्को नारासहित सडक प्रदर्शनमा उत्रिएका हुन् । यसअघि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेको लघुवित्त पीडित संघर्ष समिति पाल्पाले आफूहरूलाई बेवास्ता गरेको भन्दै प्रदर्शनमा उत्रिएको जनाएको छ । समितिकी अध्यक्ष कृष्ण माया आले मगरले महिलाहरूलाई उठिबास गराउँदै आत्महत्याको बाटोमा डो¥याउने लघु वित्तको ज्यादती अन्त्य हुनुपर्ने माग राख्दै देशव्यापी भइरहेको आन्दोलन अनुरूप नै पाल्पामा पनि सडकमा उत्रिएको बत्ताइन् । बिना धितो ऋण दिने प्रलोभन दिँदै सोझा साझा महिलाहरूलाई समूहमा राखेर थरिथरिका दर्जन बढी बचत खाता खोल्न लगाई भएभरको पैसा जम्मा गर्न लगाएर कंगाल बनाएको उनको आरोप छ ।

विभिन्न किसिमका बचत खोलेर पैसा राख्न लगाउँदै लघु वित्तहरू आफू मोटाउने तर, सदस्य महिलाहरूलाई उठिबास लगाएर अकालमा मर्न बाध्य बनाउने गरेकाले बाध्य भएर संघर्ष गर्नुपरेको उनले बत्ताइन् । विरोध ¥यालीमा सहभागीहरू अधिकांश महिला रहेका छन् । पीडितहरूले सरकारी निकाय गैरजिम्मेवार नबन, लघुवित्त संस्थाहरूको खारेजी गर, सामूहिक ऋण मिनाहा गर लगायतका नारा लगाएका छन् ।

उनीहरूले ‘नवसामन्ति’को रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज हुनुपर्ने, सामूहिक ऋण मिनाह हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था हुनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग गरेका छन् । लघुवित्त वित्तीय संस्थाका कारण आत्महत्याको बाटो रोज्नुपरेको समेत उनीहरूको गुनासो छ । तानसेनमा विभिन्न माग समेटिएको ब्यानर र प्लेकार्ड लिएर लघुवित्त पीडितहरू प्रर्दशनमा निस्किएका थिए । उनीहरूले आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?