Butwal Today

राष्ट्रिय युवा संघको नवौ महाधिवेशन सुरु, ओलीलाई नौ किलोको माला

२७ चैत्र २०७९, सोमबार
अ+
अ-

बाँके, २७ चैत ।

नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशन सोमवारदेखि नेपालगञ्जमा सुरु भएको छ ।

चैत २७ देखि २९ गतेसम्म हुने नवौ राष्ट्रिय महाधिवेशनको उदघाटन पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरे ।

महाधिवेशनको उदघाटन समारोहमा पार्टी उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, स्थायी समिति सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य एवम् युवा इन्चार्ज महेश बस्नेत लगायत सहभागी छन् । उक्त अवसरमा अध्यक्ष ओलीलाई नरैनापुरका नेता कार्यकर्ताहरुले ९ किलोको फुलको माला लगाइदिएका थिए । उदघाटन सत्र जारी छ ।